विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानविन होस्ः सांसद विश्वकर्मा

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउका छन्।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरूलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गरे। उनले प्रकृति लम्सालले आफूमाथि दुर्व्यवहार भइरहेको रिपोर्ट गरेको भए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गर्दा यस्तो घटना भएको बताए। उनले उक्त घटनाम संलग्न अपराधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराए।

उनले नेपाली विद्यार्थीमाथि भएको ज्यादतिमा पहल गर्न समेत सरकारसँग माग गरे।

सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताए। उनले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताए।

विश्वविद्यालयले घटनाको छानविन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाए। यस घटनाको सत्यतथ्य छानविन गर्न कूटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराए।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन्।

Facebook Comments Box