विकासका परियोजनालाई कुनै पनि बहानामा ढिला गर्नु हुँदैन : चन्द्र भण्डारी

सेयर गर्नुहोस

गुल्मी : सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरुलाई अनुरोध गरेका छन्।

आज यहाँ विकास–निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुसँगको छलफलमा उनले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने बताए।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजना आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराएका थिए।

सांसद भण्डारीले रिडी–तम्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गरेका थिए।

त्यस अवसरमा उनले दुवै सडकका निम्ति वजेटको अभाव नहुने तथा काम रोक्नुपर्ने अवस्था उत्पन्न हुन नदिन आफूले सम्बनिधत निकायसँग निरन्तर सम्पर्क एवं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Facebook Comments Box