केपिएलकाे आकर्षण बढ्दाे , जिल्ला बाहिरका टीमकाे पनि सहभागिता

अंकुश श्रीवास्तव
कपिलवस्तु , माघ २६ । जिल्लामा पहिलाे पटक आयाेजना भएकाे केपिएल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताले आकर्षण बटुल्न सफल भएकाे छ ।
जिल्ला शिवराज नगरपालिका वडा ७ जवाभारीमा भईरहेकाे केपिएल प्रतियोगितामा हालसम्म २४ वटा टीम सहभागी भईसकेकाे आयाेजकले जनाएकाे छ । युवा नेता रासिद मिर्जा , अकरम पठान , रहिस शाहकाे अगुवाई भईरहेकाे जिल्ला स्तरीय क्रिकेट प्रतियाेगिताकाे उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका सभामुख तुलाधर घर्तीमगरकाे उपस्थिती थियाे भने फाइनल प्रतियाेगितामा आन्तरिक मामिला मन्त्री आदेश अग्रवालकाे उपस्थिति हुने आयाेजकले जनाएको छ ।
१५ दिनदेखि चलिरहेको क्रिकेट प्रतियोगितामा प्रतिदिन हजारौं दर्शकले अवलाेकन गर्दै आएकाे कमन्टेटर मकबुल जिलानीले बताएका छन । आफ्नाे आवाजले दर्शकलाई मनाेरन्जन गराउदै आएका कमन्टेटर मकबुलले यस्ताे लाेकप्रिय प्रतियोगिताका लागि क्रिकेट मैदान निर्माण गर्न जनप्रतिनिधिहरुलाई अनुराेधसमेत गरेका थिए । आजकाे प्रतियोगितामा कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदीप पाैढेल, विजयनगर गाउंपालिकाका अध्यक्ष गाेपाल बहादुर थापा , शुद्धाेधन गाउंपालिका का अध्यक्ष कमलेश शरण चाैधरी , लुम्बिनी प्रदेश याेजना आयाेगका पुर्व सदस्य शिवपुजन यादव , महादेव पाेख्रेल लगायतका अतिथिहरुले अवलाेकन गरेकाे आयाेजक रासिद मिर्जाले बताउनुभयाे ।

एनपिएल प्रतियोगिताकाे लाेकप्रियता देखेर कपिलवस्तु जिल्लामा पनि केपिएलकाे पहिलाे जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयाेजना गर्न स्थानीय युवाहरुले सुझाएपछि युवा अमन सामाजिक विकास केन्द्र , अर्थ च्यारिटेबल फाउन्डेसन र इण्डाे- नेपाल समाजिक बिकास मञ्च नामक संस्थाहरुकाे सहकार्यमा प्रतियोगिता आयाेजना गर्न सफल भएकाे आयाेजक अकरम पठानले बताउनुभयो ।
समाजसेवी महादेव पाेख्रेलले केपिएललाई क्रिकेटकाे ब्राण्ड बनाइ स्थानीय युवाहरुलाई खेलप्रतिकाे प्लेटफर्म दिनुभएकाेमा आयाेजकलाई धन्यवाद दिदै थप उर्जाका एक बर्षकाे अन्तरालमा प्रत्येक पालिकामा गराउन अनुराेधसमेत गर्नुभएकाे थियाे ।