लागू ओैषध काराेबारीकाे ढाड भाचेर लाखौं युवाकाे जीवन बचाउने नै ठुलाे उपलब्धि : प्रनि खत्री

अँकुश श्रीवास्तव
कपिलवस्तु , माघ २६ । जिल्लाकाे कृष्णनगर क्षेत्रमा बढेकाे लागू ओैषध काराेबारलाई निर्मुल पर्न प्रहरी रातदिन खटिरहेकाे जनविश्वास स्थानीयमा बन्दै गएकाे छ ।
नाै महिना पुर्व एउटा युवा प्रहरी निरिक्षक इलाका प्रहरी कार्यालय पुग्दा प्रहरी हेड क्वाटरले अनुभवकाे अभाव रहेकाे अफिसरलाई कृष्णनगर जस्ताे संवेदनशील क्षेत्रमा खटाएर गल्ती गर्याे भनी स्थानीयमा अविश्वासकाे अवस्था थियाे । कार्यक्षेत्रमा हाजिर हुने बित्तिकै सुरक्षा निकायका लागि प्राय: जसाे संवेदनशील मानिने कृष्णनगरकाे दशैं तिहार लगायतका चांडपर्वकाे मुर्ति विसर्जन र रैलीका कार्यक्रमलाई सजिलै ह्यान्डिल गरेपछि वाहवाही बटुलेका प्रहरी निरिक्षक खत्री विगतका दिनमा कृष्णनगर मुख्य केन्द्र बनाई काराेबार हुने कराेडाैंका लागू ओैषध समातेर स्थानीयमा झन विश्वासिला बन्दै गएका छन ।
एउटा अनाैपचारिक कार्यक्रममा प्रहरी निरिक्षक खत्रीले
लागू ओैषध काराेबारीहरुकाे ढाड भाचेर लाखौं युवाहरुकाे जीवन बचाउन सक्नु नै मेराे ठुलाे उपलब्धि रहेकाे बताउनु भयाे ।
कृष्णनगरकाे जिम्मेवारी सम्हालेपछि प्रनि खत्री नाकाबाट हुने अवैध बस्तु ओसारपसार , भन्सार छली गरेर नेपाल भित्रिने मालसामान लगायतका अवैध गतिविधि र सामजिक द्वन्द्वका घटना न्युनीकरण गर्दै आफू मताहतका कर्मचारीहरुभित्र समेत विश्वासकाे वातावरण सृजना गर्न सफल भएका छन ।
विगत नाै महिनाकाे कार्यकालमा प्रनि खत्रीले दर्जनौं लागू ओैषध काराेबारी लगायत अधिकमात्रमा चरेस , हेराेइन , स्मैक, नशालु ट्याबलेट समातेर काराेबारीलाई निरुत्साहित बनाई देशका लाखौं युवालाई दुर्व्यसनी र कुलतमा पर्ने खतराबाट जाेगाउन महत्वपुर्ण भुमिका खेल्नुभएकाे स्थानीय सराेकारवालाकाे दाबी छ ।
नेपाल प्रहरी स्वास्थ समाज र राष्ट्रका लागि अहाेरात्र खट्ने देशभक्त संस्था रहेकाे प्रहरी निरिक्षक खत्रीकाे बुझाई छ ।
