दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार

सेयर गर्नुहोस



रौतहट। रौतहटको सदरमुकाम गौरसँग सिमाना जोडिएको भारतीय बजार बैरगनिया छेउको दशगज्जाबाट गएराति घाइते अवस्थामा एकजना नेपालीलाई प्रहरीले उद्धार गरेको छ ।


धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा गौर नगरपालिका १ का २५ वर्षीय अजित कुमार पासवानलाई बैरगनिया सीमाको दशगजाबाट फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।



पासवानको छातीको बायाँ भागमा चोट लागेको छ । घटना सम्बन्धी अन्य अनुसन्धान कार्य भई रहेको एसपी घिमिरेले जानकारी दिए।


शुक्रवार राती करिब ९ बजेको समयमा गौर १ दशगजास्थित भारतबाट नेपाल तर्फ आउँदै गर्दा दश गजा क्षेत्रमा भारत पट्टि भारतीय सीमा सुरक्षा बल एसएसबीले पासवानलाई घाइते अवस्थामा फेला पारी भन्सार सुरक्षा गार्ड गौरलाई बुझाएको थियो ।

Facebook Comments Box