नियन्त्रणमा लिइयो खानेपानी मन्त्रालयमा लागेको आगो

सेयर गर्नुहोस

काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ। सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले जानकारी दिए।

खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी भएको र केही कागजात जलेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन। आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन। मन्त्रालयका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि प्रहरीले बताएको छ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा रहेका तीनवटा कोठामा शनिबार बिहान पौने ९ बजेतिर आगो लागेको हो।

Facebook Comments Box