लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति बढाएपछि विज्ञान पढ्ने छात्राकाे संख्यामा वृद्धि

लुम्बिनी , २४ माघ । विगतका बर्षझैं लुम्बिनी प्रदेश सरकारद्वारा प्रदान गर्ने छात्रवृत्तिले विज्ञान विषय अध्ययन गर्ने छात्राको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ । कपिलवस्तुकी छात्रा अनुजा खनाल भन्छिन्, “स्नातकमा विज्ञान पढ्न आर्थिक अवस्थाले सकेको थिइन छात्रवृत्ति पाएपछि पढ्ने बाटो खुलेको छ ।” उनी जस्तै लमही नगरपालिका ५ कि सृजना बस्नेत बिज्ञान बिषयमा अध्ययन गर्न चाहे पनि घरको आर्थिक अवस्थाले अन्यौलमा परेको बेला प्रदेश सरकारको छात्रवृत्तिले आफ्नो अध्ययनको बाटो खुलेको बताउँछिन । उनी अहिले आदर्श मावि, लमहीको कक्षा १२ मा अध्ययनरत छिन ।
अनुजा र सृजना उदाहरणका पात्र हुन् । उनीहरू जस्तै धेरै छात्राले प्रदेश सरकारको छात्रवृत्तिले बिज्ञान बिषय पढ्ने अवसर पाएको बताउँछन । शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनीका अनुसार विज्ञान विषय अध्ययन गर्ने छात्राको संख्या ४२४ जनाबाट बढेर अहिले २५०० छात्रा पुगेका छन् । आव २०७६/०७७ बाट सामुदायिक विद्यालयको कक्षा ११ र १२ को विज्ञान पढ्ने छात्रा र आव २०७७/७८ बाट आंगिक तथा सामुदायिक क्याम्पसमा उच्च शिक्षातर्फ विज्ञान पढ्ने छात्रालाई छात्रबृत्ति दिन शुरु गरेको हो । शिक्षाकर्मी डा. रमेश थापा भन्छन्, “छात्रवृत्तिले न केवल छात्राहरूलाई अवसर दिएको र प्रदेशकै विज्ञान तथा प्रविधि क्षेत्रमा लैङ्गिक समानताको दिशामा नयाँ मानक स्थापित गरेको छ ।” विज्ञान सहित लक्षित कोटामा प्रदेश सरकारको छात्रवृत्तिले धेरै बालिकाको उच्च शिक्षा अध्ययनको बाटो खुलाएको छ ।
तुल्सीपुर उपमहानगरपालिका–७, नबलपुर डाबर निवासी रमा नेपाली पनि ज्ञान ज्योति माविको कक्षा ११ मा भर्ना त भइन् । तर शुल्क कसरी तिर्ने भन्ने चिन्ता थियो । यत्तिकैमा उनले लुम्बिनी प्रदेश सरकारले दिने छात्रवृत्तिबारे थाहा पाइन् र फारम भरिन् । रमाले वार्षिक ५ हजार रूपैयाँ छात्रवृत्ति पाइन्, जसले गर्दा उनको पढाइ उच्च शिक्षासम्म नियमित चल्न सकेको छ । रमा भन्छिन्, “हामीजस्ता गरिब दलित विद्यार्थीलाई यसले निकै ठूलो सहयोग पु¥याएको छ ।“
रमाले छात्रवृत्तिबाट कक्षा १२ हुँदै स्नातक तहको अध्ययन पनि गर्न सकेकी छिन् । उनी भन्छिन्, “स्नातक तह पढ्ने त कल्पनासम्म पनि गरेको थिइनँ । उच्च शिक्षाका लागि पनि छात्रवृत्ति रहेछ भन्ने थाहा पाएपछि छात्रवृत्ति लिएर अहिले म स्नातक अध्ययन गरिरहेकी छु । बुवाको सिलाइ पेशाको कमाइले पढ्न सक्ने अवस्था थिएन । छात्रवृत्ति पाउँदा हामीलाई पढ्न निकै सजिलो भयो।“
रमाजस्तै, दाङको राजपुर गाउँपालिकाकी माया चौधरी पनि छात्रवृत्तिबाट पढ्न पाएकी छन् । उनी मुक्त कमैया परिवारकी हुन् । हाल लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत छिन्। आर्थिक अभावका कारण उनले कक्षा १० पास गरेपछि पढाइ छोड्नुपरेको थियो । पढाइ छोडेर बसेकी मायाले लुम्बिनी प्रदेश सरकारले कक्षा ११ र १२ एवं उच्च शिक्षाका लागि छात्रवृत्ति दिन्छ भन्ने जानकारी पाइन् । त्यसपछि प्रक्रिया थालेर उनले पुनः पढाइ सुरु गरिन् । माया भन्छिन्, “यो छात्रवृत्ति मेरो लागि बरदान साबित भएको छ। पढाइ छोडेर बसेकी म छात्रवृत्तिकै कारण अहिले स्नातक पढ्न पाएकी छु ।”
लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका बिज्ञान सहित अतिविपन्न, सिमान्तकृत, दलित, मुस्लिम, महिला, मुक्त कमलहरी कमैयाँ, अपांग, सहिद बेपत्ता परियार र अल्पसंख्यक बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन र मुलधारमा ल्याउन प्रोत्साहन स्वरूप छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको निर्देशनालयका निमित्त निर्देशक रश्मिराज अर्याल बताउँछन् । उनका अनुसार छात्रवृत्ति कार्यक्रमको उद्देश्य सामाजिक न्याय र समानतालाई प्रवर्द्धन गर्नु हो । जसमा विशेषगरी मुक्त कमलहरी, मुस्लिम, दलित, र बिपन्न समुदायका बालबालिकालाई लक्षित गरिएको छ। दलित र आर्थिक रूपमा विपन्न रमा र माया जस्ता धेरै छात्रा विद्यार्थीहरू अहिले लुम्बिनी प्रदेश सरकारको छात्रवृत्ति पाएर पढाइलाई निरन्तरता दिएका छन् । यसले गरिब दलित छोरीहरूलाई शिक्षा हासिल गर्न प्रेरणा दिएको छ । राज्यको यो प्रयासले हामीलाई आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपरेको छैन । राज्यले दलित समुदायलाई मुलधारमा ल्याउन सहज भएको प्रदेश सरकारले सामुदायिक विद्यालयमा विज्ञान पढ्ने सबै समुदायका छात्रा र जुनसुकै विषय पढ्ने मुक्त कमलहरी, कमैयाका, दलित, मुस्लिम, अपांग, बेपत्ता, सहिद परियार, अल्पसंख्यक लगायतकाले प्रदेश सरकारले तोकेको रकम बार्षिक एकमुष्ट रकम पाउने व्यवस्था छ । शिक्षा निर्देशनालय मार्फत उक्त रकमप्रत्येक बर्ष विद्यालयमार्फत विद्यार्थीलाई उपलब्ध गराउछ । शिक्षा निर्देशनालय प्रमुख अर्यालका अनुसार निर्देशनालयले ४ वर्षको अबधिमा बिज्ञान बिषयमा उच्च, कक्षा ११ र १२ पढ्दै गरेका गरेका छात्रा र अन्य, लक्षित बर्गका छात्राछात्रहरू गरी १० हजार ३ सय ५ जनालाई ८ करोड ६६ लाख ९३ हजार रकम छात्रवृत्ति बितरण गरेको छ । त्यसबाहेक पनि ठुलो परीमाणमा अपांग, सिमान्त्कृत, बिपन्न समुदायका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको उनले बताए ।
छात्रवृत्ति रकम वार्षिक रूपमा हेर्दा लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तगत सामाजिक बिकास निर्देशनालयले ४ बर्षको अबधिमा ११/१२ मा अध्ययनरत २००९ सय ६९ जनाले छात्रवृत्ति पाएका छन् । जसमध्ये उच्च शिक्षा तर्फ १६१ मुक्तकमैया, ४४ कम्लहरी, २८ मुस्लिम, २,५५६ जना दलितले जनही ६ हजार ६ सयका दरले सो रकम छन् । उनीहरूका लागि प्रती ब्यक्ति रु ६ हजार ६ सयका दरले भुक्तानी गरेको निर्देशनालयका बरीष्ठ अधिकृत माधब प्रसाद पोख्रेलले बताए । यद्यपि अपांगता भएका विद्यार्थीको भने फरक फरक हुने गरेको छ । चार वर्षको अवधिमा करिब ३ सय मुक्त कमलहरी र ५ हजार ४३९ दलित, मुस्लिम, र बिपन्न बालिकाहरूले करिब साढे ४ करोड रूपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् ।
वार्षिक रूपमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा मात्रै सबै लक्षित समुदायका ५ हजर ७७ जनालाई ३ करोड ३३लाख ९३ हजार ६० रूपैया बराबरको छात्रवृत्ति बितरण गरेको छात्रवृत्ति निर्देशनालयका बरीष्ठ अधिकृत माधब प्रसाद पोख्रेलले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालय माताहातका सामुदायिक र आगिक क्याम्पसमा उच्च शिक्षा अध्ययनरत १ हजार १ सय र कक्षा ११/१२ मा अध्यनरत २ हजर ९ सय ६९ जनाले छात्रवृत्ति प्राप्त प्राप्त गरेका थिए । उच्च शिक्षातर्फ दलित १७३, जनजाति २३१, महिला ३३४, मधेशी १७७, द्वन्द्वपीडित २९, सहिद ४ बेपत्ता ३ अल्पसंख्यक ३६ अपांगता भएका १६० जनाले बार्षिक ५ हजारका दरले छात्रवृत्ति पाएका छन । आर्थिक बर्ष २०७९/८० मा उच्च शिक्षा र कक्षा ११/१२ मा अध्ययनरत ५ हजार २२८ जनालाई छात्रवृत्ति बितरण गरेको थियो । जसअन्तरगत विज्ञानमा उच्च शिक्षा अध्ययनरत १५१ जनालाई २५ हजार र लक्षित समुदायका १२८ जनालाई जनही १० हजारका दरले बितरण गरेको जनाएको छ । र कक्षा ११/१२ मा बिज्ञान बिषयमा अध्यन गर्दै आएका २ हजार ४४७ जनालाई जनही १० हजार र लक्षित समुदायका २५ सय जनालाई जनही ८ हजारका दरले छात्रवृत्ति प्रदान गरेको थियो । आर्थिक बर्ष २०८९/८० निर्देशनालयले रु. ५ करोड ६४ लाख ८२ छात्रवृत्ति बितरण गरेको थियो । जसमध्ये उच्च शिक्षा बिज्ञान १५१, लक्षित मुक्तकमैया, कम्लहरी, दलित, जनजाति, मुस्लिम लगायत प्रदेश सरकारले सुचिकृत गरेका समुदाय १२८ जनाले छात्रवृत्ति पाएका थिए । कक्षा ११/१२ मा अध्यानरत बिज्ञान तर्फ २ हजार ४४७ र लक्षित समुदायवाट २५ जनाले सो सुबिधा प्राप्त गरेका छन । लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको छात्रवृत्ति भने प्राप्त नभएको मुक्त कम्लहरी मञ्चकि केन्द्रिय अध्यक्ष हिरामोतती चौधरी बताउछिन । उनी भन्छिन्, उच्च शिक्षा पढ्नेहरूका लागि जम्मा १० हजारले नाम पनि लेखाउन पुग्दैन, किताब, डेस किन्न पनि पुग्दै अन्तत पढ्न छाडेर पून कम्लहरी बस्न बाध्य भएका छन चौधरीले भनिन ।
प्रदेश सरकारले दिँदै आएको छात्रवृत्तिले लक्षित समुदायहरूमा उत्साह ल्याएको दलित अभियान्ता शशी नेपाली बताउँछन । उनले दलित समुदायका बालबालिकाहरू आर्थिक अभावका कारण पलसटु देखि उच्च शिक्षा पढ्न नपाएको अबस्थामा छात्रवृत्तिले उनिहरू उत्साही भएको बताए । नेपालीले छात्रवृत्तिलाई निरन्तरता दिन प्रदेश सरकारसँग आग्रह गरेकाे खबर बुटवल टुडेमा प्रकाशित छ।