ब्राउन सुगरसहित दुई जना कृष्णनगरमा पक्राउ

अंकुश श्रीवास्तव
कपिलवस्तु , माघ २३ । जिल्ला कृष्णनगर बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन ।
मंगलबार सांझ ३ बजे जिल्लाकाे कृष्णनगर भन्सार कार्यालय अगाडीबाट नेपाल प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ६१ प ८५५४ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित दुई जना व्यक्ति पक्राउ परेका छन। बिजयनगर गाउंपालिका वडा ४ बरगदा बस्ने बर्ष २८ का मतिउल्ला मुसलमान र पछाडी बसेका वडा ३ कडिहारका बर्ष २५ का मैराज अहमदको खानतलासी गर्दा मतिउल्ला मुसलमानको साथबाट ४ पुडिया लागु औषध ब्राउन सुगर बरामद गरिएकाे प्रहरी स्राेतले जनाएको छ ।
प्रहरी स्राेत अनुसार कुल ८२० मिलिग्राम ब्राउन सुगर बिलेडको टुक्रा, टेक्नाे कम्पनीको मोबाईल, रातो कालो रङको बा ६१ प ८५५४ नंम्बरको पल्सर मोटरसाईकल र मैराज अहमदको साथबाट भिभाे कम्पनीको मोबाईल समेत फेला परेकाे छ । दुवै जनालाई पक्राउ गरेपछि अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको कपिलवस्तु प्रहरीले बताएकाे छ ।