वन क्षेत्र अतिक्रमण हटाउन सुरु

कपिलवस्तु , माघ १६ ।
केही दिन पहिलादेखि कपिलवस्तुको सबैभन्दा बढी अतिक्रमणमा परेको मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ। बाणगंगा नगरपालिका वडा नम्बर १० र ११ मा वन क्षेत्रमा गरिएको अतिक्रण हटाउने कार्य सुरुवात गरिएको हो। राजनीतक हस्तक्षेप र दवावको कारण बर्षोै देखि त्यहा वन क्षेत्रमा रहेका अतिक्रण हटाउन सकिएको छैन। २०५५ साल देखि मायादेबी साझेदारी वन क्षेत्रमा अतिक्रण सुरु भएको थियो। अहिले वन क्षेत्रमा कब्जा गरी घर टहरा सरकारी संरचना मठ मन्दिर निर्माण र खेतीपाती गरिएको छ। वन क्षेत्र खाली गर्न पटक पटक सर्वदलीय सहमति समेत गरिएको छ। तर अतिक्रमण खाली भने भएको छैन। यस पटक पटना क्षेत्रको वन अतिक्रण खाली गर्न ठोसरुपमा अघि बढेको बन मन्त्रालय र डिभिजन वन कार्यालय कपिलवस्तुकाे समेत याेजना रहेकाे छ ।
‘ बर्षो देखि अतिक्रमण खाली गर्न प्रयास गरेयौ तर सकिएन, यस पटक ठोसरुपमा अघि बढिएकाे डिभिजन वन कार्यालय स्राेतले बताएकाे छ । मायादेवी साझेदारी वनको कुल १ हजार १७ हेक्टर वन क्षेत्र छ । त्यस मध्ये ढेड सय हेक्टर वन अतिक्रमणमा छ । पहिलो चरणमा वन क्षेत्रमा खेतीपाती गरी अतिक्रमण गरिएकोलाई हटाईन छ । दोश्रो चरणमा बल्ल घर टहरा हटाउने योजना रहेको छ ।
असार ६ गते बाणगंगा नगरपालिका वडा नम्बर ११ दानापुरमा अतिक्रमण खाली गराउन खोज्दा स्थानीयबासीबाट ठुलो अवरोध भएको थियो। जिल्लाको मात्र वन कर्मचारी र वन रक्षक सहीत डोजर लिएर दानापुरमा पुग्दा ५ सय भन्दा बढी स्थानीयबासीले अवरोध गरेका थिए। सो अवरोध पछि डिभिजन कार्यालयले कपिलवस्तु, रुपन्देही, नवलपारी र अर्घाखाचीका वन रक्षक सहीत कर्मचारीहरु मगाएर अतिक्रमण हटाउन थालिएको हाे । ४ जिल्लाको गरी झन्डै ३ सय वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहीतको टोली अतिक्रमण क्षेत्रमा परिचालन गरिएको छ। अतिक्रमण खाली गराउन ३ सय बढी जनशक्ति र ४ वटा डाजल परिचालन गरिएको डिभिजन बन कार्यालय स्राेतले बताएकाे छ । स्थानीयबासीको अवरोधलाई मध्यनजर गरी सो जनशक्ति परिचालन गरिएको उनले बताए। आवादी र वन क्षेत्र रखांकन गरी अतिक्रमण खाली गर्ने कार्य अघि बढाइएको हो। सुरुमा वरवादेखि मझवासम्म करिब ५ किलोमिटर बनको सिमाना रेखांकनका लागि डोजर प्रयोग गरिएको थियो ।
मायादेवी साझेदारी वन का अध्यक्ष दिनेश प्रसाद जैसवालले विगत लामो समयदेखि वन अतिक्रमण गरेर खेतिपाती गरिरहेका बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवाबाट अतिक्रमित जग्गा हटाउने कार्यको सुरुवात गरिएको बताए। बहादुरपुर हुदै भेलैयादेखि बिरपुरसम्म करिब ६ किलोमिटर अतिक्रमित क्षेत्र हटाउने लक्ष्य रहेको उनले बताए। मायादेवी साझेदारी वनमा कपिलवस्तुको शुद्धोधन गाँउपालिका, कपिलवस्तु नगरपालिका, मायादेवि गाँउपालिका तथा बाणगंगा नगरपालिकाका क्षेत्रहरु पर्दछन्।
यहाँका वास्तविक सुकुम्बासी भन्दा पनि हुकुमवासीहरु आफ्नो घरमा ताला लगाएर जग्गा हडप्न त्यहाँ आउने गरेको अध्यक्ष जैसवालले मिडियालाई बताएका छन्। उनले त्यस्ता हुकुमवासी जसले जग्गा कव्जा गर्ने अनि एक-दुई बर्ष खेतिपाती गर्ने र बेचेर जाने हुदाँ द्धन्द्ध उत्पन्न हुने भएकाले यसलाई तत्काल हटाउन लागिएको बताए। यस साझेदारी वन भित्रको जग्गा कव्जा गरेर बसेका वास्तबिक सुकुमवासीलाई पहिचान गरि व्यवस्थापन गर्ने अध्यक्ष जैसवालको भनाई छ। मायादेवी साझेदारी वन कव्जा गर्ने गिरोह बाणगंगा वडा नम्बर १० मा बढि देखिएको उनले बताए। उनले साझदेरी वनको कार्ययोजना अनुसार काम अघि बढाइएको बताए। सब–डिभिजन वन कार्यालय पटना अन्तर्गत रहेको मायादेवी साझेदारी वनले कुल १८ किलोमिटर अतिक्रमित जग्गा हटाउने र खाली जग्गामा बिरुवा रोपेर संरक्षण गर्ने डिभिजन वन कार्यालय कपिलवस्तुकाे याेजना रहेकाे छ। वनको क्षेत्र वनमै कायम गरेर वनलाई हराभरा बनाउने महाअभियान सञ्चालन गरेको उनले बताए । वन क्षेत्र कब्जागर्ने अनि बेच्ने गरिएको उनले बताए। ‘ वन क्षेत्र कब्जा गर्ने धेरै जसो बाहिरी जिल्लाको रहेको उनले बताए।
यता, पटनाका स्थानीयहरु भने वनको यो कदम प्रति तिब्र असन्तुष्ट देखिएका छन्। २०५५ सालदेखि आफुहरुले यो बनको संरक्षण गर्दै आएपनि अहिले साझेदारी बनको यो कदम आफुलाई मान्य नभएको स्थानीय भिमलाल गौतम बताउँछन्। बनको यो कदम नागरिकमैत्री नभएको ठहर गर्दै स्थानीयले संर्घष समिति समेत गठन गरेका छन्। वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकोले सो कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क) विपरीतको कार्य भएकोले सो वन क्षेत्र अतिक्रमण गरी खेतिपाती गरिएको जग्गा वनमै फिर्ता हुने डिभिजन वन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।