कपिलवस्तुमा कुष्ठराेग दिवस मनाइयाे
अनेक पाण्डे , कपिलवस्तु / माघ १३ ।”एक हाेऊ ,क्रियाशील बनाे ,कुष्ठराेग निवारण गराै” भन्ने मुलनाराका साथ कपिलवस्तु जिल्लाभर ७२अैाँ कुष्ठराेग दिवस मनाइयो ।
कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौतीपूर्ण बन्दै गएको हुनाले पालिका स्तरीय विभिन्न कार्यक्रमहरुगरि ७२अैाँ कुष्ठराेग दिवस मनाएका छन।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्मको छ महिनामा मात्रै ६० नयाँ कुष्ठ रोगी फेला परेका छन्।
आधारभुत स्वास्थ्य परियाेजनाले ७२औं कुष्ठरोग दिवसका अवसरमा विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाकाे समन्वयमा विभिन्न स्वयं हेरचाह समुहमा कुष्ठराेग प्रभावित व्यक्तिले लगाउन मिल्ने “MCR” रबरले तयार गरिएको चप्पल वितरण गरेकाे छ ।
कपिलवस्तु नगरपालिकामा १३ जना वुद्धभुमि नगरपालिका अन्तरगतमा रहेकाे दुबिया स्वयं हेरचाह समुहमा २३जना हरिहरपुर स्वयं हेरचाह समुहमा १२जना शिवराज नगरपालिका अन्तरगत चमरबाेझिया स्वयं हेरचाह समुहमा २१जना वियनगर गाउँ पालिका अन्तरगत जवावैराठ स्वयं हेरचाह समुहमा १८जना मायादेवी गाउँ पालिका अन्तरगत बलुहवा स्वयं हेरचाह समुहमा ८जना वाणगंगा नगरपालिका अन्तरगत सुईटि स्वयं हेरचाह समुहमा १० जना गरि जिल्लामा १०५ जना प्रभावित व्यक्तिलाई प्रत्येक्ष रुपमा MCR चप्पल हस्तान्तरण गरियाे ।
तथ्यांकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा प्रति १० हजार जनसंख्यामा २.७ प्रतिशत बिरामी दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा २.७ प्रतिशतको दरले १८८ नयाँ बिरामी थपिएका थिए।
आर्थिक वर्ष २०७९/८० मा २.१ प्रतिशतका दरले १६८ बिरामी, २०७८/७९ मा १.८ प्रतिशतका दरले १२१ बिरामी, र २०७७/७८ मा १.८ प्रतिशतका दरले १२८ बिरामी फेला परेका थिए।
कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय कुष्ठ अधिकृत मोहम्मद ईरफान कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह ,सचिव अजय चाैधरी आधारभुत स्वास्थ्य परियाेजनाका कार्यक्रम संयाेजक निशान कुवर फिल्ड सुपरभाइजर अनेक पाण्डे साधै पालिकाका स्वास्थ्य संयाेजक ,वडा अध्यक्ष लगायत स्वयं हेरचाह समुहका सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।
