सत्तासीन अपना दलका विधायक वर्मालाई नेपालमा स्वागत, राेटी-बेटी सम्बन्ध अझ प्रागढ बनाउनेमा जाेड

सेयर गर्नुहोस

कपिलवस्तु ,माघ ७ । भारतकाे सत्तासीन दल भारतीय जनता पार्टीका घटक दल अपना दलका विधायक विनय वर्मालाई कृष्णनगरमा भव्य स्वागत र सम्मान गरिएकाे छ ।

इन्डो-नेपाल सामाजिक मञ्चले भारत उत्तर प्रदेश सरकारका विधायक विनय वर्मालाई कृष्णनगरमा भव्य स्वागत र सम्मान गरेको छ ।

नेपाल-भारतबीचको ऐतिहासिक रोटी-बेटीको सम्बन्धलाई अझ प्रगाढ बनाउन विधायक वर्मालाई नेपाली टोपी, खुकुरी ब्याच र खादा लगाएर सम्मान गरिएको इन्डो-नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले जानकारी दिनुभयो । अध्यक्ष पठानले नेपाल-भारतको सामाजिक , पारिवारिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न सीमा क्षेत्रको विकासमा भारतीय नेतृत्वको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
विधायक बिनय वर्माले बढनीमा निर्माणाधीन बस पार्क र ५० बेडको अस्पतालको टेन्डर पूरा भइसकेको जानकारी दिनुभयाे । बर्माले नेपाल-भारतको आपसी सम्बन्धलाई बलियो बनाउने नेपाली जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने थप याेजना ल्याउने प्रतिवद्बता गर्नुभयो ।

नेपाल भारत सीमा क्षेत्रमा रहेका बस्तीहरूमा नेपाल सरकार र भारत सरकारले विशेष लगानी गर्नुपर्ने विधायक बर्माको भनाइ रहेको छ । सीमा क्षेत्रमा अझै पनि विकास नभएकाले दुवै देशको सरकार गम्भीर हुनुपर्ने विधायक वर्माले धारणा व्यक्त गर्नुभएकाे थियाे ।

आइतबार भएको कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष जीवनकुमार श्रीवास्तवले नेपाल-भारतबीचको आपसी भावना र विश्वास अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

युवा नेता रहिस शाहले दुवै देशका नेताहरूले सीमा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । इन्डो-नेपाल सामाजिक मञ्चले विधायक वर्माको आगमन र योगदानका लागि आभार प्रकट गर्दै भविष्यमा पनि दुई देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउन पहल गर्ने बताएको छ ।

कार्यक्रममा इन्डो-नेपाल सामाजिक मञ्चका सल्लाहकार बजरंगी गुप्ता, युवा अमन समाज विकास केन्द्रका अध्यक्ष बदर आलम शाह, समाजवादी युवा सचिव असफाक अहमद खान, समाजसेवी बृजेशकुमार गुप्ता, अकबाल अहमद, र जुनेद अहमदलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box