नागरिक आराेग्य केन्द्रप्रति मुस्लिम समुदायकाे आकर्षण बढ्दाे

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव

कृष्णनगर , माघ ६ । आयुर्वेदलाई वैदिक चिकित्सा पद्धतिसंग जाेडिदै आएपनि अहिले मुस्लिम समुदायकाे पनि आकर्षण बढेकाे छ ।

कृष्णनगर नगरपालिकाकाे सहयाेगमा संचालित नागरिक आराेग्य केन्द्रमा अहिले पुर्व पंचकर्म , ग्याष्ट्रिक, वात राेग, रक्तचाप , मधुमेह ,अर्सराेग,पाइल्स, स्तनपायी राेगीहरुकाे संख्या बढेकाे कविराज डा. नागेश्वर मिश्रले बताउनु भएकाेे छ । नगरपालिकाभित्रका अन्य समुदाय झैं केही समय यता मुस्लिम समुुदायमा पनि आयुर्वेद चिकित्साप्रति चासाे बढेकाले दीर्घराेग समाधान गर्न नागरिक आराेग्य केन्द्र सरल माध्यम हुन सक्ने कविराज मिश्रले बताउनुभयाे ।

आयाेग्य केन्द्रले हालकाे अवस्थामा पंचकर्मतिर स्नेहन, सर्वाङ्ग स्वृदन, कटिवस्ती, जनुवस्ती,नाडी स्वेदन र शिराेधारा जस्ता पद्धतिबाट उपचार भईरहेकाले पालिका बाहिरका बिरामीले पनि फाइदा लिने गरेकाे कविराज मिश्रले बताए ।
विश्वभरि नै याेग र आयुर्वेद पद्धतिकाे विस्तार हुदै गएकाले बैकल्पिक उपचारका रुपमा समाजिकस्तर मै पुग्नु सकारात्मक कुरा रहेकाे सराेकारवालाकाे बुझाई छ ।

Facebook Comments Box