मुस्लिम महिला सशक्त भई अगाडि बढ्नुपर्ने : मुस्लिम आयाेग

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कपिलवस्तु , पुस २५ । मुस्लिम महिलाहरु आफु विरुद्ध हुने लैङ्गिक अपराधबारे आवाज उठाउन आयाेगले आग्रह गरेकाे छ ।
मुस्लिम आयोगको आयोजनामा “मुस्लिम महिला सशक्तीकरण” कार्यक्रममा कृष्णनगरमा सम्पन्न भएकाे छ ।     

जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा आयाेजित मुस्लिम महिला सशक्तीकरण कार्यक्रममा मुस्लिम महिलालाई राज्यकाे मुलधारमा ल्याउन सामुदायिक स्तरबाटै स्थानीय जनप्रतिनिधि लगायत सराेकारवालाले भुमिका खेल्नुपर्ने निष्कर्ष निकालेकाे छ । साथै मुस्लिम महिलाहरु आफु विरुद्ध हुने लैङ्गिक अपराधबारे आवाज उठाउन आयाेगले आग्रहसमेत गरेकाे छ ।

कार्यक्रमकाे अध्यक्षता गर्नुभएका मुस्लिम आयाेगद्वारा आयाेजित साे कार्यक्रममा अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम महिलामा आफ्ना हक अधिकारप्रतिकाे जनचेतना फैलाउने उद्देश्यले याेे कार्यक्रम आयाेजना गरिएकाे बताउनुभयाे ।
आयाेगका सदस्य मिर्जा अरसद वेगले कार्यक्रममा उपस्थित मुस्लिम महिलालाई विभिन्न निकाय र तिनका काम कर्तव्यबारे जानकारी गराउंदै घरभित्र व बाहिरका समस्याबारे सशक्त भई प्रतिवाद गरि सम्बन्धित निकायसम्म पुर्याउन सुझाव दिनुभयाे ।
अर्का सदस्य माेहम्मदिन अलीले आयाेग कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिदै प्रशिक्षक सहजकर्ताका सुझावहरु मनन गर्न आग्रह गरेका थिए ।
सहजकर्ता शिखा श्रीवास्तवले मुस्लिम महिलाहरुले विभेद,हिंशा विरुद्धका आफ्ना आवाजलाई घरभित्र नराखेर सम्बन्धित निकाय समझ पुर्याउनुपर्नेमा जाेडदिनु भएकाे थियाे ।
त्यस्तै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रकाे पुर्वाधार निर्माणसंगैे सामाजिक बिकास पनि आवश्यक रहेकाले हामी सबैले आफ्नाे समाजलाई शिक्षित , सुरक्षित र सशक्त बनाउनुपर्ने आग्रह गर्नुभएकाे थियाे ।
नेपाल हज कमिटि सदस्य मिर्जा रसिद वेगले सबै धर्म, समुदायकी महिलाहरुकाे सहभागिताका कारण कार्यक्रमले सकारात्मकता पाएकाे झलकाे देखाएकाे छ l सदस्य वेगले सबै सम्प्रदायका महिलाहरु सशक्त भईमात्र सशक्त समाज निर्माण हुने बताए ।
कार्यक्रममा वक्ताहरुले महिला सम्बन्धि थुप्रै कानुन र निकायहरु रहेकाले आफ्नाे आवाजलाई घरभित्र कैद नगरि बाहिर ल्याउन जरुरीरहेकाे बताउनु भयाे । वक्ताहरुले स्थानीय तहमा न्यायिक समिति, प्रहरी मताहतकाे महिला सेल , महिला आयाेग लगायत विभिन्न संघसंगठनबारेसमेत जिकिर गरेका थिए ।

कार्यक्रममा न्यायिक समिति संयाेजक तथा कृष्णनगर नगरपालिका कि उपप्रमुख आरतीदेवी चाैधरी, प्रहरी निरिक्षक सुरज खत्री ,सशस्त्र प्रहरी नायब उपरिक्षक अरुण कुमार सिंह, सामाजिक अभियन्ता लक्ष्मण भुसाल, आयाेगका सदस्य शमसुल हक, माैलाना जाहिद आजाद लगायत धेरै संख्यामा स्थानीय मुस्लिम महिला , युवतीहरुकाे उपस्थिती रहेकाे थियाे ।

Facebook Comments Box