उद्योग वाणिज्य संघकाे अध्यक्षमा शर्मा निर्वाचित

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कृष्णनगर , पुस २०। उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा रितेश शर्माकाे नेतृत्वमा नया कार्यसमिति चयन भएका छन ।

पुस १९ गते सम्पन्न भएकाे निर्वाचनमा अध्यक्ष पदका लागि रितेश शर्मा निर्वाचित भएका हुन । कुल खसेकाे ४२५ मत मध्ये १७७ मत ल्याई शर्मा विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी उद्योग वाणिज्य संघ कृष्णनगरकाे निवर्तमान अध्यक्ष रामकुमार गुप्ता १२५ मतमात्र पाएका हुन साथै अर्का उम्मेदवार पुर्व अध्यक्ष गुरुशरण सिंह उर्फ बन्टी सरदार ८४ मत ल्याउनुभएकाे छ । त्यस्तै साेहि पदमा श्रवण कुमार सुरेकाले १९ मत र शंकर प्रसाद शर्माले १७ मत ल्याएका हुन ।
नया कार्यसमिति निर्वाचन सम्पन्न भएकाे छ । अर्का पदाधिकारी वरिष्ठ उपाध्यक्षमा नसरुल्लह खां २१८ मत पाएर निर्वाचित भएका हुन । त्यस्तै उपाध्यक्षमा रविन्द्र गुप्ता १९३ मत , महासचिवमा हरिओम तुल्स्यान २५३मत ,सचिवमा ऋषभ अग्रवाल २२९ मत पाएर निर्वाचित भएका हुन । सदस्यहरुमा अशिष गाेयल, विरेन्द्र माैर्य, बैजनाथ अग्रहरी, पवन अग्रवाल,सन्दिप जयसवाल लगायत  १२ जना सदस्य निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयाे ।
उद्योग वाणिज्य संघ कृष्णनगरको निर्वाचन साेहर्दयपुर्ण सम्पन्न भई नया कार्यसमिति निर्वाचित भएपछि निर्वर्तमान कार्यसमितिले सफल कार्यकालका लागि बधाई दिएकाे छ ।

Facebook Comments Box