उद्योग वाणिज्य संघ निर्वाचन : अदृश्य शक्तिले प्रतिस्पर्धा राेचक बनाए

सेयर गर्नुहोस

अँकुश श्रीवास्तव
कपिलवस्तु , पुस १८ । उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा अदृश्य राजनीति शक्ति हाबि हुन थालेपछि प्रतिस्पर्धा झन राेचक बनेकाे छ ।
पुस १९ मा हुन गईरहेकाे उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा स्थानीय राजनीतिक दलहरुकाे भुमिका नगण्य रहेपनि स्थानीय नेताहरुकाे चासाे हाबि हुँदै गएकाले प्रतिस्पर्धा अब मान सम्मानकाे लडाई जस्तै बन्न पुगेकाे छ ।

हालकाे अवस्थामा कृष्णनगर बजारका प्रतिष्ठित परिवार स्व: देवकी नन्दन शर्माका छाेरा सफल व्यवसायी र संघकाे निर्वाचनमा पहिलाे पटक अध्यक्ष पदमा उम्मेदवार रितेश शर्मा   सबै समुदायकाे भाेट जुटाउन लागिपरेका छन । पुर्व नगरप्रमुख प्रत्याशी कुनाल प्रताप शाह , पुर्व मन्त्री विरेन्द्र कुमार कनाेडियाका दाइ तथा संघकै पुर्व अध्यक्ष विजय कुमार कानाेडिया , प्रत्यासीबाट नाम फिर्ता लिएका साकिर अहमद शाह, जावेद खां लगायत नेताहरुले समर्थन दिदै आएका छन ।
दाेस्राे उम्मेदवार गुप्ता समुुदायका हुन । निर्वर्तमान अध्यक्ष राम कुमार गुप्ता राजनीतिमा धेरै सफल नरहेपनि उद्योग वाणिज्य संघमा अध्यक्ष गएकाे कार्याकाल पूरा गरेका हुन । उनी माथि संघकाे ३ बर्षकाे कार्यकाल ५ बर्षसम्म लम्बाएकाे आराेप लाग्दै आएकाे छ । गुप्तालाई वर्तमान प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता र कांग्रेस नेता अभिषेक प्रताप शाहकाे पनि माैन समर्थन रहेकाे छ । पुर्व प्रतिनिधि सभा सदस्यसमेत रहेका शाह विगतका संघ कै मंचहरुमा सहमतिकाे अधारमा समितिकाे चयन गर्नुपर्ने वक्तव्य दिदै आएका थिए जुन उम्मेदवार गुप्ताकाे पक्षमा रहेकाे कुरा बजारमा व्यापक चर्चा बटुलेकाे थियाे ।

त्यस्तै तेस्रा उम्मेदवार पुर्व अध्यक्ष गुरुशरण सिंह उर्फ बन्टी सरदार पनि यस निर्वाचनमा सिडिओसम्म लबिङ्ग गराइ सहमतिमा नभई निर्वाचन नै गराउनुपर्ने मागसहित दमदार रुपमा प्रस्तुत भएका छन । बन्टी सरदार कृष्णनगर बजारमा आफू भाेट हाेईन एकपटककाे लागि अध्यक्ष पदमा भिक्षा माग्दै गरेकाे बताउनु हुन्छ । उनी स्थानीय नेताहरुकाे साथ नपाएपनि आफू अनुकुल नै निष्कर्ष आउने दाबी गर्छन ।

चाैथा उम्मेदवार हुन शंकर प्रसाद शर्मा जाे बर्षाैंदेखि व्यवसाय गर्दै आएका हुन । उनी पहाडी समुदायका रहेपनि बजारमा सजिलै घुलमिल भइ स्थानीय नेताहरुसंग पनि सहयाेग माग्दै व्यवसायी माझ आफ्ना भिजनहरु राख्दै आएका छन ।

जिल्लाकाे पुरानाे बजारकाे रुपमा कृष्णनगरलाई आन्तराष्ट्रिय बजार बनाउन भुमिका खेलेकाे मारवाडी समुदायकाे पनि बहुल्यता छ । साे समुदायबाट आफ्नाे उम्मेदवारी दिएका पाचौं उम्मेदवार श्रवण कुमार सुरेका पनि चुनावी मैदानमा कुनै अदृश्य शक्तिकाे पहुंच नपुगेपनि भाेटरलाई सम्पर्क गर्न कडा मेहिनेत गरिरहेका छन ।
उद्योग वाणिज्य संघको निर्वाचनमा कडा प्रतिस्पर्धा हुनु सामान्य कुरा हो, खासगरी जब धेरै राजनीतिक समूह र उम्मेदवारहरू विभिन्न आर्थिक र व्यापारिक नीतिहरूमा फरक दृष्टिकोण राख्छन्। यस्तो प्रतिस्पर्धाले संघका भविष्यका योजनाहरू, नीति निर्माणमा प्रभाव पार्ने काम गर्दछ र उद्योग वाणिज्य संघको भूमिका महत्त्वपूर्ण बनाउँछ। निर्वाचनमा सहभागिता गर्ने विभिन्न राजनीतिक पृष्ठभूमिका सदस्यहरूबीच फरक प्रतिस्पर्धा हुन्छ । संघको हितमा काम गर्ने वाचा गर्छन्, जसले गर्दा निर्वाचनको माहौल थप रोचक र उत्साहजनक बनाउँछ।
कृष्णनगर क्षेत्र व्यपारिक हिसाबले मात्र नभई राजनीतिक हिसाबले पनि परिवर्तन ल्याउदै गरेकाे हाे । बहुदलतिर राप्रपाकाे बाेलबाला थियाे जनआन्दोलन पछि मधेशवादी दलकाे दबदबा थियो भने २०७२ काे संविधान जारी भएपछि कांग्रेस र अहिले एमालेले बर्चस्व बनाएकाे छ । यसपटककाे उद्योग वाणिज्य संघमा पनि राजनीतिक गन्ध समावेश भएपनि व्यक्तिवादी राजनीति नै हावी भएकाले पर्दा पछाडिका अदृश्य शक्तिहरु खेल्न जारी राखेकाे व्यवसायी स्राेतकाे दाबाी छ।

Facebook Comments Box