कपिलवस्तुको मिझुनियामा विशाल सत्संग सम्पन्न

सेयर गर्नुहोस

विजयनगर, १७ पुष । कपिलवस्तुको मिझुनियामा विशाल सत्संग सम्पन्न भएको छ ।

कपिलवस्तुको विजयनगर–४ मिझुनियामा आयोजित विशाल सत्संग कार्यक्रममा उपस्थिति संयौं सन्तहरुलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल दिल्लीबाट आउनु भएका केन्द्रीय ज्ञान प्रचारक तथा को–र्डिनेटर (प्रचार विभाग, सनिमं.) हेमराज शर्माले आफूहरु मिशनको सन्देशलाई सबै मानव प्राणीहरुमा पु¥याउने सिलसिलामा यहाँ आइपुगेको बताउनु भयो । उहाँले युगौं–युगदेखि सत्गुरुले मानव प्राणीलाई सत्यको सन्देशलाई सम्झाउने प्रयास गर्दै आइरहेका छन् । त्यस सिलसिलामा आज हामी यहाँ सहभागि भएका छौ । यति राम्रो व्यवस्था सन्तहरुले गर्नुभएको छ, यसको केहि त उद्देश्य अवश्य होला । सन्तहरु चहान्छन् कि जुन ब्रम्हज्ञान हामीलाई मिलेको छ त्यो संसारका अरु प्राणीहरुलाई पनि मिल्न सकोस । सन्तहरु धेरै परोपकारी हुने गर्दछन् । जसरी हामी सुखी, आनन्द, सरल जीवन बिताई रहेका छौ त्यस्तै जीवन अरुको पनि हुन सकोस, त्यो सन्तले चहान्छ । यसको विपरीत संसारमा हामी देख्छौ भने आफ्नो फाईदा भइरहेको छ भने त्यस्तै प्रकारको फाईदा अरुको होस भनेर मानिसले चहादैन । किनभने जुन सोच रहेको छ, त्यसमा विशलता आएकै छैन । यस्तो किसिमको रोग जन्मौं–जन्मान्तरणदेखि मानवमा लागेको छ, उहाँले बताउनु भयो ।

वेदमा भनिएको छ कि मानव जीवले एक चीजको प्राप्तिको लागि, एक अवस्थालाई प्राप्त गर्नको लागि नयाँ–नयाँ शरीर धारण गर्ने गर्दछ । प्रत्येक शरीर धारण गरेर रुने गर्दछ, यदि आँशुलाई एकत्रित गर्ने हो भने वा शरीरको हड्डीलाई जम्मा गर्ने हो भने ठुलो पहाड बन्न सक्छ । यो क्रम अझै चलिरहेको छ । यस मानव तनमा आएर यो क्षमता रहेको छ कि यो जन्म–मरणको चक्रबाट मुक्त हुन सक्छ र आनन्दित जीवन व्यतित गर्न सक्छ, यदि यसले चहान्छ भने । यस लक्ष्यलाई प्राप्त गर्नको लागि इच्छा हुनु आवश्यक छ । यदि इच्छा नै छैन भने त्यो चहान पूरा हुन सक्दैन, प्रष्ट पार्नु भयो ।

 

उहाँँले भगवान बुद्धको उदाहरण दिदै भन्नुभयो कि गौतम बुद्धका बुवाको उनी सानो हुँदादेखि नै एउटा इच्छा थियो कि छोरा पछि ठुलो भएपछि राज भएर राज्य चलाउने छ तर यता गौतम बुद्धको मनमा चाहि अर्कै कुरा खेलिरहेको थियो कि मैले मानव योनि पाएको छु भने केहि गर्नको लागि पाएको छु, यो सित्तैमा त पाएको होइन । खानु, सुत्नु आदि त सबै प्राणीले गरेका छन् । मानव योनि पाएर के चाहि मैले ठुलो कार्य गरेको छु । के यो मानव योनि पाएर जीवन आनन्दित भयो, अरुको लाभको कारण बन्यो ? अरुको लागि सुकूनको कारण बन्न सक्यो ? आदि कारण सन्तहरुले दिने गर्दछन्, उहाँले उल्लेख गर्नुभयो ।

 

बिना गुरुबाट भवसागर अर्थात जन्म–मरणको बन्धनबाट पार तर्न सकिदैन । आदि गुरुशंंकराचार्य भन्नु हुन्छ कि तीन चीज संसारमा दुर्लभ रहेका छन् । ती हुन– तन मिल्नु, मोक्षको इच्छा राख्न्नु र सन्तको आश्रय मिल्नु आदि निकै दुर्लभ रहेका छन् । मोक्ष न योगबाट, न शांख्यबाट र न त कुनै अन्य कर्मबाट पाउन सकिन्छ । ब्रम्ह र आत्माको एकत्वको जानकारीबाट नै जीवन मुक्ति सम्भव छ । जबसम्म ब्रम्हको ज्ञान हुँदैन, हामी अनेकौं जन्मसम्म दुःखको कारण बन्दै रहने छौ । तिमी नै माता–पिता हुनुहुन्छ, बन्धु–सखा पनि तिमी नै हुनुहुन्छ । धन–धान्य पनि तिमी नै हौं । सबै देवको देव पनि तिमी नै हौ । यस्तो किसिमको सम्बन्ध कुनै चीज नजिक छ भने तिमी भनेर सम्बोधन गरिन्छ । यो जुन सबै देवको देव छ, परमपिता परमात्मा छ, निरगुण निराकार आदिको जानकारी मात्र समयको सत्गुरुको चरणमा आएपछि मात्र प्राप्त गर्न सकिन्छ र यो नै शास्त्रको निचोड आदेश–उपदेश रहेको छ, उहाँले बताउनु भयो ।

 

जबसम्म हामी कुनै चीजलाई चिन्दैनौ, तबसम्म अन्जानमा त्यसको लाभ प्राप्त गर्न सक्दैनौ । यो निराकार–परमात्मा युर्गौदेखि हामीसंग नै रहेको छ तर हामी यसलाई जान्दैनौ भने कुनै लाभ प्राप्त हुन सक्दैन । यहाँ कुनै कथा वाचन भइरहेको छैन, साक्षात देख्नुको कुरा भइरहेको छ । ऋषि मातांङको आश्रममा श्रीराम भगवान पुग्दा त्यहाँ शबरीसंग भेट हुन्छ तब उहाँ भन्नु हुन्छ कि शबरी, तिमीले भक्तिको उत्तम श्रेणीलाई प्राप्त गरेकी छौ, आउने समयमा यदि कोहि भक्ति पथमा हिड्छ, तिमीलाई अनुसरण गर्छ भने यसभन्दा ठुलो उपाधि दिनु । त्यसको साथै श्रीराम भन्नुहुन्छ कि शबरी, जाति–पातिमा कोहि ठुलो छ, कुलको ठुलो छ, धर्मलाई मान्ने होस, बलवान पनि होस, गुणवान पनि होस, धनवान पनि होस, चतुर पनि होस, ऊ एक्लै नभएर उसका नाता–पाता सबै गुणबाट युक्त हुन भने पनि उसको जीवनमा प्रभुको भक्ति छैन भने त्यसको जीवन जस्तै बिना पानीको बादल सरह नै हुन जान्छ, जो आउँछ, त्यस्तै जान्छ । त्यसको कुनै अर्थ हुँदैन । रामले शबरीलाई भन्नुभयने कि नवधा भक्तिलाई सवाधानी पूर्वक सुन । पहिलो भक्ति हो सन्तहरुको संगत गर्नु र दोस्रो मेरो कथा, प्रसङ्गको कुरा जहाँ भइरहेको छ, त्यसमा रुची होस । यी दुईटै कुरा सजिलो छैन । यसैलाई तप भनिएको छ । जसले यसलाई गर्न सक्छ त्यसले नै नवधाभक्तिलाई प्राप्त गर्न सक्छ, उहाँले प्रष्ट पार्नुभयो ।

 

सत्संग कार्यक्रममा आरती, कृष्णा अर्याल, कमल, श्याम दास, सुनिता, राजु चौरसिया (इन्डिया), राम लखन, खुशी, दुर्गा र संगीता, अशोक, कुशल के सी (संयोजक), परसुराम, जगदिश, लक्ष्मी, रामकुमार, प्यारेलाल (इन्डिया), यम बहादुर, कृष्ण कन्हैया (केन्द्रीय कोषाध्यक्ष, सनिमं.नेपाल), मिना क्षेत्री, समृद्धि÷विजेता, शिव प्रसाद, राजेन्द्र (इन्डिया), भरत भूषण, रागिनी साथी (इन्डिया), टोप बहादुर, बृज मोहन, गायक जे पी (इन्डिया आजमगढ), रामप्यारे (इन्डिया), रजीव (अयोध्या संयोजक इन्डिया), गायक निरज निरमोहीया (इन्डिया) ले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए । उक्त अवसरमा राधेश्याम अग्रहरि, गोकर्ण सापकोट, जीवन तिवारी, कनिक राम चाई, हनुमान यादव, जनार्दन चोरी, नन्दलाल बनिया, गोवर्धन यादव, कृष्ण थापा, अनूप तिवारी, भारतकाट आउनु भएका अशोक साहू (बलरामपुर), जोनल इंर्चाज कमलेश मणि त्रिपाठी, डिला पौडेल (शिक्षक), सिलमान खान (शिक्षक), देवकला घिमिरे (शिक्षक) र रवि चौधरी (शिक्षक), नेपाली कांग्रसका पूर्व सांसद अभिषेक प्रताप शाह, पूर्व वडा अध्यक्ष मोहम्मद मुसलमानको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कृष्ण गोदारले गर्नु भएको थियो ।

 

Facebook Comments Box