प्याब्सन कपिलवस्तुमा धीरेन्द्र सिंहकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कपिलवस्तु ,पुस १६ । नीजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) कपिलवस्तुको अध्यक्षमा धिरेन्द्र बिक्रम सिंह निर्वाचित हुनुभएको छ ।
प्याब्सन कपिलवस्तुको सम्पन्न १२ औं साधारणसभा तथा जिल्ला अधिवेशनमा नयाँ जिल्ला कार्यसमितिका लागि सहमति प्रयास विफल भएपछि निर्वाचनमा जांदा मुख्य दुई प्रतिस्पर्धी भएका थिए । साे अन्तर्गत भएको निर्वाचनमा धिरेन्द्र विक्रम सिंह ४५ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी बासुदेव घिमिरेले ३२ मत मात्र प्राप्त गर्नुभयो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा तोयानाथ गैरे ४० मत सहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नवीन शर्माले ३६ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष पदमा नन्दराम सापकोटा ४४ मत सहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३३ मत प्राप्त गर्नुभएको छ । सचिव पदमा भने सर्वाधिक लोकप्रिय ५६ मत सहित राजु अधिकारी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी तिलक चन्द्र ठकुरीले २१ मत प्राप्त गर्नुभएको छ ।
सह–सचिव पदमा विजय कुमार गुप्ता र कोषाध्यक्षमा दिपक प्रसाद भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ भने सह -काेषाध्यक्षमा युवराज सापकोटालाई पराजित गर्दै बुद्धिराम पौडेल निर्वाचित हुनुभएको छ । निर्वाचित पौडेलले ४१ मत प्राप्त गर्नुभएको छ भने सापकोटाले ३४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सदस्यहरुमा बिनोद खनाल, डम्मर बहादुर सोमै, भोजराज पोख्रेल, विन्दु मरासिनी, विजय अधिकारी, बिष्णुमाया अर्याल, कमरे आजम, अरसद अहमद खाँ, प्रकाश विक, रफतुल्लाह मुसलमान र अनिता रिजाल निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सरोज खनालले जानकारी दिनुभएको छ ।
हिजाे हाेटेल तिलाैराकाेटमा भएकाे साधारणसभा तथा अधिवेसनमा वक्ताहरुले निजि विद्यालयहरुप्रति राज्यकाे अवधारणा साकारात्मक नरहेकाेले सबै एकजुट भई बुलन्द आवाज उठाउनुपर्नुमा जाेड दिएका थिए ।

Facebook Comments Box