राजनीतिक दलसंग सहकार्य गर्न जनता प्रगतिशील पार्टीकाे सहकार्य टोली गठन

काठमाडौं, मंसिर ८ । जनता प्रगतिशील पार्टी नेपालले आज लाेसपालगायतका दलसंग कार्यगत एकता एवं सहकार्य गर्न वार्ता टाेली गठन गरेकाे छ ।
पार्टीकाे केन्द्रीय समितिले आज लाेसपालगायतका दलसंग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेनसहितकाे तीन सदस्यीय सहकार्य टोली गठन गरेको हाे।
आज जारी गरिएकाे प्रेस विज्ञप्तिमा देशको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गरि सहकार्य टाेली गठन गरिएकाे महासचिव एवं पुर्वराज्य मन्त्री इश्वरदयाल मिश्रले जानकारी दिनुभएकाे छ । विज्ञाप्तिमा देशकाे अर्थतन्त्र जटिलतातर्फ उन्मुख रहेकाले बिग्रिदाे राजनीति परिवेश तथा दलप्रति जनताकाे वितृष्णाले पहिचानवादी शक्ति तथा तराई-मधेश केन्द्रीत दलहरु एक ठाउैमा उभिनुपर्नेमा जाेड दिएकाे छ । देशकाे अर्थतन्त्र तरलताकाे अवस्थामा छ र यो गति निरन्तर ह्रासोन्मुख छ। ग्रामीण जनजीवन अक्रान्त छ। जनतामा रहेको आशाबाद खस्किदो अवस्थामा छ। जनताकाे दलप्रतिकाे नैराश्यता बढ्दो छ। वस्तुतः यस अवस्थामा चिन्तित हुने राजनीतिक दलहरूबिच सहकार्यको आवश्यकता रहेकाले जनता प्रगतिशील पार्टी नेपालले जनता समाजवादी पार्टीका घटकहरू, लोकतांत्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रीय उन्मुक्ति पार्टी लगायतका दललाई सहकार्य गर्न विज्ञप्तिमार्फत अनुरोध गरेको छ।
जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी हस्ताक्षरित साे प्रेस विज्ञप्ति आज सहकार्य टाेलि गठनपछि निकालिएको छ। देशकाे बदलिँदो राजनीतिक रुपरेखा अनुरुप क्षेत्रीय दल र राष्ट्रिय दल कार्यगत एकतासहित सहकार्य गरि अघि बड्नुपर्ने शिर्ष नेताहरुकाे भनाई छ।