एक खेल अगावै शीर्ष स्थानमा पुग्ने सुदूरको दाउ, सान्त्वना जितको खोजीमा पोखरा

सेयर गर्नुहोस

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।

त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेबाट सुरू हुनेछ।

सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफमा स्थान बनाउन चाहन्छ। पोखरा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।

हिजो भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई हराएपछि विराटनगर र पोखरा बाहिरिएका थिए।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आज सन्त्वना जित सहित प्रतियोगिता समाप्त गर्ने योजनामा छ। भुर्तेलको ब्याट प्रतियोगिताभर चलेन। उनले एक खेल बाहेक अन्य खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन्।

अर्कातर्फ सुदूरपश्चिमका सबै खेलाडी उच्च लयमा छन्। कप्तान दीपेन्द्रसिंह ऐरीले अक्रमक ब्याटिङ गर्दै आएका छन्। तर पछिल्ला दुई खेलमा भने उनी सस्तैमा आउट भएका थिए।

विनोद भण्डारी र इसान पाण्डे लगायतका नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। उसका विदेशी खेलाडी पनि लयमा छन्। तर आशिफ शेखको ब्याट भने चलेको छैन। यो खेलमा पराजित भए पनि सुदूरको अन्तिम ४ मा पुग्ने सम्भावना जीवित नै रहने छ।

सुदूरपश्चिम ५ खेलमा ४ जित र १ हार सहित ८ अंक जोडेर दोस्रो स्थानमा छ। एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको पोखरा चार अंक सहित सातौं स्थानमा छ।

Facebook Comments Box