कृष्णनगर चाइनिज लसुन तस्करीकाे ट्रनजिट बन्दै

अँकुश श्रीवास्तव
कपिलवस्तु , मंसिर २८ । जिल्लाकाे कृष्णनगर हुँदै चाइनिज लसुन तस्करी व्यापक रुपमा बढेपछि ट्रनजिट नाका बनेकाे छ ।
विगत केही दिनदेखि कृष्णनगर बजार क्षेत्रभित्र चाइनिज लसुनकाे गाेदाम बनाई तस्करी शुरु भएकाे छ । कृष्णनगर बजारकाे वडा २ र ३ मा गाेदाम नै बनाई दैनिक रुपमा ट्रकाैं चाइनिज लसुन अवैधरुपमा तस्करी भई भारतकाे बढ्नीसम्मका गाेदाममा पुर्याइन्छ ।


भारतमा दुई सय पचास रुपैयाँ प्रति किलाे छ भने नेपाल हुँदै जाने चाइनिज लसुन दुई सय रुपैयाँ प्रति किलाेमात्र छ । महंगाे दररेटमा नजिककै बजारमा कृष्णनगर बार्डर सटेका पसलहरु लसुनकाे तस्करलाई सेटिङ्गमा राखेर बढ्नीका व्यापारीलाई पठाउने गरेकाे स्राेतकाे दाबी छ । दैनिकरुपमा रिक्सा , अटाे प्रयाेग गरि गाेदामबाट बार्डरसम्मका पसल पसलमा पठाउने र त्यसपछि दर्जनौं तस्करहरुले बाेरा झाेलामा २०-३० किलाेसम्म प्याकिङ्ग गरि पारीकाे गाेदाममा डम्प गर्ने गरेका छन । तस्करले डम्प गरेका लसुन भारतीय व्यापारीहरुले नजिकका बजारहरुसम्म पठाउने गरिएकाे स्राेतले बताएकाे छ ।
स्थानीय लसुन भन्दा साइज ठुलाे रहेकाेले चाइनिज लसुनकाे डिमान्ड भारतीय बजारमा बढेपछि तस्करहरु सक्रिय भएका छन ।