निजामती कर्मचारी ऐन संशोधन माथि छलफल शुरू
काठमाण्डौ – सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन संशोधनका लागि परेको विधेयक माथि छलफल शुरू भएको बताउनुभएको छ ।
हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतवारदेखि संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल शुरू भएको बताउनुभयो । उहाँका अनुसार हिजोसम्म सात जनासँग छलफल भइसकेको छ ।
एक हजार पाँच सय ८३ वटा संशोधन परेको छ । सबै विषयमा नियमित छलफल हुने उहाँले बताउनुभयो । आउँदो अधिवेशनमा ऐन संशोधनका लागि संसद्मा पेश गर्ने गरी सरकारले काम गरेको उहाँले बताउनुभयो ।
नौ वर्षदेखि अड्किएको विधेयकको टुङ्गो लागेपछि कर्मचारीको मनोवल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
Facebook Comments Box