काठमाडौं-बनारस रेलमार्ग विस्तार गर्न भारतीय रेलमन्त्रीलाई शाहकाे आग्रह

सेयर गर्नुहोस

कृष्णनगर/बढनी । भारत सरकारले नेपालकाे काठमाडौंसम्म रेलवे विस्तार गर्न पुर्व सांसद शाहले भाररतीय रेल मन्त्रीसंग आग्रह गर्नुभएकाे छ।
हिजाे एउटा कार्यक्रममा आमन्त्रित कपिलवस्तु क्षेत्र ३ का पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले बढनी रेलवे स्टेसन पुगेका रेल तथा खाद्य प्रशोधन राज्यमन्त्री रवनीत सिंह बिट्टुलाई नेपालमा राष्ट्रिय हतियारको रुपमा चिनिएको खुकुरी उपहार स्वरुप प्रदान गरेका थिए । पुर्वसांसद शाहले विश्वभरि खुकुरीलाई वीरताको प्रतीक मानिएकाे बताउनुभयाे ।
पूर्व सांसद शाहले नेपाललाई रेलमार्गले जोड्न भारत सरकारले पहल गर्नुपर्ने बताए । नेपालको राजधानी काठमाडौंसम्म रेलमार्ग बिछ्याउँदा बाबा विश्वनाथको नगर वाराणसीबाट बाबा पशुपतिनाथको सहर काठमाडौंसम्मका तीर्थयात्रीहरूलाई सहज हुने र दुई देशबीचको राेटीबेटीको सम्बन्धलाई थप प्रगाढ बनाइने प्रस्ट पारेका थिए । उनले नेपालमा रेलमार्ग बिछ्याउँदा भारतसँगको व्यापारिक गतिविधिमा पनि तिव्रता आउने र नेपाल प्रगतिको बाटोमा अघि बढ्ने बताए । उनले भारतका रेल र खाद्य प्रशोधन राज्यमन्त्री रवनीत सिंह बिट्टुसँग यस दिशामा गम्भीर भई कदम चाल्न आग्रह गरे। नवनिर्मित रेल प्लेटफर्मकाे उद्घाटनमा भारत सिद्धार्थनगरका सांसद जगदम्बिका पाल , बढ्नी नगरपंचायतका मेयर सुनिल अग्रहरी लगायतका नेतासमेतले पुर्वसांसद शाहकाे आग्रहलाई समर्थन गरेका थिए ।

Facebook Comments Box