भाडादर घटाउन स्थानीयको माग

नवलपुर, २३ मंसिर । पुर्व–पश्चिम नारायणगढ–बुुटवल सडक खण्डमा अहिले यात्रा गर्दा एकतर्फी भाडा रु ३५० लिने गर्दछन् । तर कालीगण्डकी करीडोरको गैंडाकोटबाट बुुलिगँटार सम्म यात्रा गर्दा रु ५५० भाडा लिएर दिनदहाडै यात्रुु ठग्ने कामले ब्यापकता पाएको छ ।
बुुटवल–नारायणगढ सडक खण्ड ११४ किलोमिटरको एकतर्फी भाडा रु ३५० कायम हुुँदा गैंडाकोट बुुलिङ्टार सम्मको ४३ किलोमिटरको भाडा भने रु ५५० कायम भएकाले स्थानीय बासीले गाउँमा सवारी साधन रोक्न र भाडादर समायोजन गर्न माग गरेको बुुलिङटारका समाजसेबी बेलबहादुुर दरैले बताए ।
अहिले बिगत एक बर्ष देखि गैंडाकोट भएर बुुलिङटार हुुँदै पोखरा सम्मको यात्रा शुुरु भएको छ र गाडी भाडा अचाक्ली असुुल्न थालेपछि स्थानीयले सवारी साधनले मंसिर मसान्त भित्र भाडा दर घटाएनन् भने तत्काल गाडी चल्न नदिने गरी प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएका बुुलिङटार ५ का दुुधराज मल्ल ठकुुरीले बताए ।
४३ किलोमिटरको कालोपत्र सडकको भाडा रु ५५० कायम गरी सवारी साधन बलजफ्ती चलाउनेहरुमाथि ठाउँको ठाउँ कारबाही गर्ने प्रमुुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । भाडा दर मिलाउन र मिलाई सकेपछि मात्र यातायात नियमित संचालन गर्न निर्देशन दिएको प्रमुुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।
अहिले शुुरुदेखि नै प्रतिकिलोमिटर रु १२ का दरले जबर्जस्ती भाडा उठाउने गरेकाले यो हदै सम्म नाजायज भएकाले यसलाई रोक्न र प्रतिकिलोमिटर रु पाँच सम्म लिन बुुलिङटार र बौदीकाली गाउँपालिकाका स्थानीयले माग गरेका बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।
लेकबेँसी यातायात समितिले यो क्षेत्रमा बलजफ्ती भाडा उठाएर स्थानीयबासीलाई धेरै दुुख दिइरहेको र यस्तालाई कारबाही गर्न माग बढेको छ भने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भाडाको बिषयमा कसैले ठग्ने जबर्जस्ती गरेको पाइएमा ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
अहिले प्रशासनले भाडादर तत्काल समायोजन गर्न र सवारी साधन गुुडाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताएका छन् । लेकबेँसी यातायात समितिका अध्यक्ष युुवराज बस्यालले फोन नै अफ गरेर बसेको थुुप्रै दिन भैसक्यो उनी सम्पर्कमा आएका छैनन् । समितिका अन्य पदाधिकारीले भने भाडा दरमा परिवर्तन हुनुु आबश्यक रहेको बताएका छन् ।
कालीगण्डकी करिडोरमा समितिले मच्चाएको भाडा दरको तनावले यो सडकमा यात्रा गर्ने यात्रुुलाई तनाव दिने गरेको गैंडाकोटका स्थानीय भुुपाल आले मगरले बताए ।