विवाह पञ्चमीले राष्ट्रिय एकता मजबुत बनाउँछ : उपराष्ट्रपति
काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमी जस्ता पर्वले सामाजिक र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताएका छन्।
विवाह पञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाईलाई समाजमा सत्यको आदर्शहरूलाई प्रोत्साहित गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने समेत बताएका छन्।
‘विवाह पञ्चमीले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस्’ ,उनको शुभकामना सन्देशमा भनिएको छ।
विवाह पञ्चमीजस्ता पौराणिक रीतिरिवाजले नेपाल र भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउने विश्वास गरेका छन्।
Facebook Comments Box