पूर्वकप्तान पारस खड्का जस्मिन पेन्ट्सका सद्भावना दूत

सेयर गर्नुहोस

काठमाडौँ : जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आफ्नो सद्भावना दूतका नियुक्त गरेको छ।

विगत ३९ वर्षदेखि नेपाली ग्राहकको सेवामा समर्पित जस्मिन पेन्ट्सले स्वदेशी उत्पादनलाई थप सशक्त र बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ खड्कालाई सद्भावना दूत नियुक्त गरेको जनाइएको छ ।

कम्पनीले आफ्नो बजार प्रवद्र्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत सद्भावना दूत नियुक्त गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास, युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ उनीसँग सहकार्य गरिएको जस्मिन पेन्ट्सका निर्देशक सौगात अर्यालले जानकारी दिए।

जस्मिन पेन्ट्सले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीबीचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू तथा खेलप्रेमी नेपालीहरुको चाहना र भावनाको कदर गरेको महसुस भएको छ । यस सहकार्यले हाम्रा उत्पादनहरू स्वदेशी रुपमा मात्र परिचित नभई अन्तरराष्ट्रियस्तरमा नै परिचित हुनेमा विस्वास लिएका छौँ। उहाँसँगको यस सहकार्यले हाम्रा उत्पादनप्रति ग्राहक वर्गमा विस्वास बढ्नेमा आशावादी छौँ।’

खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथै हाम्रा उत्पादनहरुलाई प्रवद्र्धन गर्न र बजारीकरण विस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरिएको जनाइएको छ।

विगत ३९ वर्षदेखि निरन्तर नेपाली ग्राहकहरूको सेवामा समर्पित जस्मिन पेन्ट्स ‘नेपाली मनको नेपाली रङ’ स्लोगन बोकेर नेपाल रंग्याउँदै आएको जानकारी दिइएको छ। यस कम्पनी नेपाली पेन्ट्स कम्पनीहरु मध्येकै नम्बर १ भएर आफूलाई स्थापित गर्न सफल भएको दावी गरिएको छ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डबाट पुरस्कृत कम्पनीले अझ जिम्मेवार बहन गरी २१औँ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ट र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्‍याइरहेको पेन्ट्सले जानकारी गराएको छ।

Facebook Comments Box