पाटे बाघकाे छालासहित एक जना पक्राउ

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव /कपिलवस्तु , मंशिर १० । जिल्ला शिवराज नगरपालिकाबाट एकजना पाटे बाघकाे सहित पक्राउ परेका छन ।
नगरपालिका वडा नं. २ हल्लानगरमा वन्यजन्तु बाघको छाला ( अखेटोपहार) को कारोबार हुदैछ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सुजन
शाहको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिई गई करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडी बरण्डामा शंकास्पद अवस्थामा रहेका बुटवल उप महानगरपालिका वडा न. ५ गोलपार्क बस्ने बर्ष ४१ को बिष्णु प्रसाद भट्टराईलाई खान तलासी गर्दा तिनको साथमा रहेको सेतो प्लाष्टिकको बोरामा जंगली जनावार पाटे बाघको छाला बरामद गरिएकाे
प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभएकाे छ ।
उक्त छालालाई टाउको देखी पुच्छरको फेद सम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चारवटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र
छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको पाइएकाे छ । छालालाई बरामद गरी आवश्यक कारवाहीको लागि उक्त बन्य जन्तुको छाला र लु. ५८ प. ९७५५ नम्वरको मोटरसाईकल सहित बिष्णु प्रसाद भट्टराईसमेतलाई मिति डिभिजन बन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाईएको प्रहरी स्राेतले जनाएको छ ।

Facebook Comments Box