कायस्थ पत्रकार समाजकाे प्रथम राष्ट्रिय सम्मेलन , संगठन विस्तार गरि अघि बढ्नेमा जाेड
मंशिर ८/ काठमाडाैं । कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन आज काठमाडाैंमा सम्पन्न भएकाे छ ।
काठमाडौंकाे कर्निवल हाेटेल एण्ड रिसाेर्टमा सम्पन्न प्रारम्भिक राष्ट्रिय भेलाले प्रबिण चाैधरी कायस्थकाे नेतृत्वमा एघार सदस्यीय केन्द्रिय समिति गठन गरेकाे छ । देशैभरिका सक्रिय कायस्थ समुदायका पत्रकारहरुकाे छाता संगठनकाे रुपमा कायस्थ पत्रकार समाजकाे उपाध्यक्षमा जितेन्द्र श्रीवास्तव, महासचिवमा शिल्पा कर्ण, सचिवमा अशाेक श्रीवास्तव, काेषाध्यक्षमा सुस्मिता कर्ण तथा सदस्यहरूमा संताेष कुमार लाल कर्ण, राजभुषण श्रीवास्तव, अनिल वर्मा, सरिता कुमारी श्रीवास्तव, संताेष कर्ण लगायतकाे चयन गरिएकाे छ । यसैगरी सम्मेलनले विधान समिति समेत बनाएकाे छ जसकाे संयाेजकमा वरिष्ठ पत्रकार अनिल कुमार कर्ण रहनु भएकाे छ भने सदस्यहरूमा नन्द भूषण श्रीवास्तव तथा करूणाकर मल्लिक रहनु भएकाे छ ।
सम्मेलनमा नयाँदिल्लीबाट सहभागी भएका भारतीय पत्रकार अजित कुमार सिन्हाले कायस्थ उत्पति तथा एकता बारे धारणा राख्नु भएकाे थियाे । सम्मेलनकाे सफलताकाे कामना गर्दै प्रमुख अतिथि दिव्य शताब्दी पुरूष डा. गाैरीशंकर लाल दासले याे पत्रकार समाज कायस्थकाे मात्र नभई आम जन समुदायकाे पक्षमा काम गर्नु पर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा अधिकांश वक्ताहरुले संगठन विस्तार गरि सामुुदायिक जीवनस्तर उकास्नसमेत कमल चलाउन जाेड दिएका थिए ।
कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायाधिस मा. गिरिशचन्द्र लाल, उच्च न्यायालयका पूर्व न्यायाधिस तथा नेपाल कायस्थ महासंघका अध्यक्ष मा. लाेकेन्द्र मल्लिक, पूर्व सांसद बृषेश चन्द्र लाल, अखिल भारतिय कायस्थ महासंघका उपाध्यक्ष अनिल कर्ण कायस्थ, मिसन टु कराेड चित्रांश अन्तर्राष्ट्रिय काे भारतका अध्यक्ष राजेन्द्र कर्ण लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । भारतकाे पटनाबाट जनता दल युनाईटेड का सचिव तथा प्रवक्ता मनाेज लाल दास “मनु”ले पनि शुभकामना व्यक्त गर्नु भएकाे थियोे ।