नि:शुल्क आलुको बीउ वितरण

सेयर गर्नुहोस

दाङ,  घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले वडावासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ आलुको बीउ वितरण गरेको छ । वडामा रहेका ५९ वटा टोलका नागरिकलाई आज एक कार्यक्रम गरी वडा कार्यालयले वडाबासीलाई निशुल्क आलुको बीउ वितरण गरेको वडा अध्यक्ष रामलौटन चौधरीले जानकारी दिए ।

वडाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४ लाख ५० हजार रुपैयाको आलुको बीउ खरीद गरी वडाका कृषकलाई निशुल्क वितरण गरिएको उनले बताए सबै टोलबासीलाई समावेश गर्न टोलको सिफारिस अनुसार आलुको बीउ खरीद गरी वितरण गरिएको उनले बताए । वडाले यो वर्ष करिब साढे ११ टन आलुको बिउ वितरण गरेको छ ।

घनिबगिया टोलका अध्यक्ष सीताराम चौधरीले वडाले निशुल्क रुपमा आलुको बिउ दिएर राम्रो काम गरेको बताए लक्ष्मी टोल विकास संस्था भैसाहीकी बिमला चौधरीले वडा कार्यालयले किसानलाई कृषिमा लाग्न हौसला दिन गरेको प्रयास सराहनीय रहेको बताइन ।

तरकारी उत्पादन गरेर बिक्रि गर्दै घरपरिवार पाल्दै आएका किसानलाई वडाले गर्दै आएको सहयोगले फाईदा पुगेको वडाबासीको भनाई छ । वडाले गत आर्थिक वर्ष २०८०–०८१ मा पनि वडा कार्यालयले ४ लाख रुपैयाँको आलुको बिउ निशुल्क वितरण गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा पनि ३ लाख रुपैयाको आलुको बिउ निशुल्क वितरण गरेको थियो ।

Facebook Comments Box