ब्यापारीक नगरी कृष्णनगरको फुटपाथ व्यवस्थापन हुँदै
सनिउल्ला धोबी,
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बजार सफाइ र व्यवस्थापनलाई प्राथमिकता दिँदै आइतबार बजारको अनुगमन गर्नु भएको छ । सडक अतिक्रमण रोक्न र फुटपाथ तथा सडकमा राखिएका सामान हटाउन उहाले व्यापारीहरूलाई माइकमार्फत आग्रह गर्नु भएको हो ।
बजार अनुगमन कृष्णनगर चोकबाट सुरु भई गोलघर हुँदै नगरपालिका कार्यालयसम्म गरिएको थियो । मेयर शाहले सडक र फुटपाथमा थुपारिएका सामानले नगरको सौन्दर्य बिग्रिएको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
बजार क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने वडा अध्यक्ष कृष्ण कुमार गुप्ता बताएका छन् । चौधरीका अनुसार बजार क्षेत्र व्यवस्थित गर्न सबैको सहयोग अपरिहार्य छ। उनले व्यापारीहरू र नगरवासीहरूलाई सचेत रहँदै नगरलाई सफा र व्यवस्थित बनाउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।
नगरपालिकाले बजार व्यवस्थापनलाई सुधार्नका लागि नियमित अनुगमन, जनचेतना अभियान, र व्यापारीहरूसँग समन्वय गर्ने योजना बनाएको छ । अभियानमार्फत नगरवासी र व्यापारीहरूलाई आफ्ना सामान व्यवस्थित राख्न प्रेरित गर्न चाहिएको छ ।
मेयर शाहको यो सक्रियता नगरवासीहरूले सकारात्मक रूपमा लिएका छन् । उनीहरूले यस्तो अभियानले बजारको स्वरूप परिवर्तन गर्दै नगरको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
