अमेरिकाले जलवायु परिवर्तनविरुद्धको अभियानलाई निरन्तरता दिने

सेयर गर्नुहोस

संयुक्त राष्ट्रसंघको कोप-२९ वार्तामा संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाइँ जारी राख्ने बताएका छन्।

पोडेस्टाले आगामी प्रशासनले ‘यू-टर्न लिने प्रयास गर्ने’ स्वीकारे पनि ट्रम्पले अमेरिकी शहर, राज्य र व्यक्तिगतरूपमा नागरिकले यो अभियानलाई निरन्तरता दिने बताए।

‘डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाको संघीय सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यलाई पछाडि धकेल्न सक्छ, तर संयुक्त राज्य अमेरिकामा जलवायु परिवर्तन नियन्त्रणका लागि प्रतिबद्धता, आकर्षण र विश्वास जारी रहनेछ’, उनले भने।

‘यो स्वच्छ, सुरक्षित पृथ्वीको लागि हाम्रो लडाइँको अन्त्य होइन। यो लडाईं कुनै चुनाव र देशको राजनीतिक चक्रभन्दा व्यापक छ र यसले निरन्तरता पाउनुपर्छ।’

बाकु वार्ता विश्वव्यापी सहयोगका लागि आह्वान र जलवायु विपत्तिका बारेमा ताजा चेतावनीका साथ सोमबार शुरु भएको हो। संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख सिमोन स्टिएलले देशहरूलाई ‘विश्वव्यापी सहयोग गणनाको लागि कम छैन भनेर देखाउन’ आग्रह गर्दै वार्ताको थालनी गरेका थिए। उनले धनी देशहरूलाई ‘जलवायु वित्त दान हो भन्ने कुनै पनि विचार त्याग्न’ आग्रह गरे।

‘एक महत्त्वाकांक्षी नयाँ जलवायु वित्त लक्ष्य पूर्ण रूपमा सबै राष्ट्रको हितमा छ, जसमा सबैभन्दा ठूलो र धनी राष्ट्र पनि समावेश छ’, स्टिएलले भने। केही देशले गत वर्षको कोप २८ सम्झौताको कार्यान्वयनलाई जलवायु वित्तको ढाँचाभित्र मात्र छलफल गर्न जोड दिएपछि तेल र ग्याँसको धनी अजरबैजानको राजधानी बाकुमा शुरू भएको वार्ता लगभग तुरुन्तै रोकिएको थियो।

जलवायु परिवर्तनमामिलाबारे अनुसन्धान र दवाबका लागि काम गर्ने थिङ्क ट्याङक ई-थ्रीजीका वरिष्ठ सहयोगी एल्डन मेयरले भने ‘जबसम्म एजेण्डाले समाधानका लागि आउँदैनन्, वार्ता र सहमतिले मात्र केही हुँदैन। समस्या समाधानका लागि सबैको तत्परता आवश्यक हुन्छ।’ कोप-२९ का अध्यक्षले वार्ता टोलीलाई काम गर्न लगाउन नसक्ने उनको भनाइ छ।

वार्ताकारहरूले विकासशील राष्ट्रहरूलाई जलवायु परिवर्तनको बढ्दो प्रभावका लागि तयारी गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न वार्षिक १०० अर्ब डलरको लक्ष्य बढाउनुपर्छ। विवादका केही प्रमुख बुँदाहरू प्रस्तावमा कति हुनेछ, कसले भुक्तानी गर्नेछ, र कसले कोषहरूमा पहुँच कायम गर्न सक्छ भन्ने रहेका छन्।

Facebook Comments Box