काेशी प्रदेश सांसद अधिकारी पक्राउ परेकाेबारे प्रदेशसभा सचिवालयद्वारा जानकारी

सेयर गर्नुहोस

काठमाण्डाै – कोशी प्रदेशसभा सचिवालयले प्रदेश सांसद लीलावल्लभ अधिकारी पक्राउ परेको बारेमा जानकारी गराएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक सूचना प्रकाशन गरेर पूर्वमन्त्री एवम् नेकपा एमाले कोशीका सांसद लीलावल्लभ अधिकारी पक्राउ परेको जानकारी गराएको हो ।

सांसद अधिकारीलाई हिजो प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाण्डाै ल्याएको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले निकाल्नुभएको सूचनामा लिखत तथा मानव बेचबिखनसम्बन्धी कसूर मुद्दामा काठमाण्डाै जिल्ला अदालतबाट प्रदेशसभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।

Facebook Comments Box