२८ लाख ठगी गर्ने दुईजना पक्राउ

सेयर गर्नुहोस

काठमाडौं : वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ पक्राउ परेका छन्।

यस्तै क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ का गोकर्ण पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जनाबाट १९ लाख ७० हजार र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेका थिए।

अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Facebook Comments Box