पशुपति प्रताप पुस्तकालयकाे साधारणसभा सम्पन्न

सेयर गर्नुहोस

अरुण श्रीवास्तव/कपिलवस्तु , कार्तिक २४ ।
जिल्लाकाे सदरमुकाम ताैलिहवा अवस्थित श्री पशुपति प्रताप पुस्तकालयकाेे ८८ ओैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । अजीवन सदस्य कमला श्रेष्ठकाे प्रमुख अतिथ्यता एवम् पुस्तकालयका संयाेजक राजेश कुमार पाण्डेयकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कुल ५१७ जना अजीवन सदस्य रहेकाे पशुपति प्रताप पुस्तकालय जिल्लाकै पुरानाे पुस्तकालय हाे । बार्षिक साधारणसभामा पुरानाे कार्यसमितिले आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरेकाे थियाे ।
कार्यक्रमका विशिष्ट अतिथि राम निवास चाैधरी, गंगा विष्ट रहनुभएकाे थियाे भने संचालन अरुण श्रीवास्तवले गर्नुभएकाे थियाे । त्यसतै स्वागत मन्तव्य संतराम अग्रहरिले गर्नुभएकाे थियाे ।