२५ मंसिर २०८१, मंगलवार

लागू औषध कारोबार निस्तेज पार्दै कृष्णनगर प्रहरी

अंकुश श्रीवास्तव

कपिलवस्तु  ,कार्तिक १४। जिल्लाकाे कृष्णनगर नाकालाई ट्रन्जिट बनाएर लागू ओैषध कराेबार गर्नेलाई निस्तेज पार्न प्रहरी सक्रिय भएकाले धमाधम पक्राउ पर्न थालेका छन ।
प्रहरी निरिक्षक सुरज खत्रीकाे सक्रियतामा प्रहरीले जिल्लाकाेे कृष्णनगरबाट लागू ओैषधसहित तीनजना पक्राउ गरेकाे छ ।
कृष्णनगरकाे बसपार्क क्षेत्रमा विगत केही दिनदेखि लागूओैषधकाे कराेबार भईरहेकाे विशेष सुचनाका आधार इलाका प्रहरी कार्यालय कृष्णनगर र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाकाे संयुक्त अभियानले कृष्णनगर वडा १ सेमरा घर भएका बर्ष ३२ का लवकुश भुजलाई खानतलासी गर्दा १५१.२१० ग्राम लागू औषध जस्तो देखिने खैरो रंगको गिलो पदार्थ (ब्राउन सुगर) फेला परेको प्रहरी स्राेतले जनाएको छ ।
विशेष सुचनाका आधारमा हिजाेे प्रहरी टोलीले लवकुश भुजलाई शंका लागी खानतलासी गर्दा निजको साथबाट र निजको घरको कोठाबाट गरी जम्मा १५१.२१० ग्राम लागू औषध जस्तो देखिने खैरो रंगको गिलो पदार्थ (ब्राउन सुगर) फेला परेको र सोही कोठामा रहेको दराजमा लुकाई राखेको लागु औषध तौल गर्न प्रयोग गर्ने तराजु ४ थान र मोवाईल २ थान समेत फेला परेकाे थियाे भने थप अनुसन्धान गर्दा लु ९६ प ५६६५ नम्बरको मोटरसाइकलमा खरिद गर्न आएका बुद्धभुमी न.पा.२ बस्ने बर्ष २८ को महेश थारुकाे साथबाट रु ९० हजार नगद तथा मोबाईल सेट१-थान बरामद गरिएकाे थियाे ।
त्यस्तै खरिद गर्न आएका अर्का एक जना बाणगंगा न.पा.१ बस्ने बर्ष २४ को बिपुल थारु काे साथबाट मोबाईल १-थान बरामद गरि कपिलबस्तु जिल्ला अदालतमा पठाई दिन ७ (सात) म्यादथप भई अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सुरज खत्रीले बताउनुभयो ।


विगत छ महिनाकाे अवधी प्रहरी निरिक्षक खत्रीले दर्जनाैं लागू ओैषध काराेबारी र सेवनकर्तालाई पक्राउ गरि लागू ओैषध नियन्त्रणमा उल्लेखनीय सफलता पाएका हुन । उनले सानाे अवधीमा पनि कृष्णनगर क्षेत्रका स्थानीयबाट वाहवाही बटुल्दै आएका छन भने विवादित मानिने दशैंकाे मुर्ति विसर्जन पनि
सहजतापुर्ण ढंगले गराएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत पनि भएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट