गाईको मासुसहित ५ पक्राउ , ४० गाईगाेरु उद्धार

काठमाडौँ- बाँके प्रहरीले नेपालगंजबाट गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, नयाँबस्तीबाट प्रहरीले सोमबार बिहान ७ सय किलो गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको हो।
जानकी गाउँपालिका वडा नम्बर ५, बुढियागाउँमा गाई काटेको आशंका गरिएको छ। भे १ ज ३८९ नम्बरको म्याजिक भ्यानमा राखेर ल्याउँदै गर्दा प्रहरीले मासु बरामद गरेको थियो।
प्रहरीले भ्यान चालक खजुरा-८, चमकदारपुरका ईस्माइल जोलाह, अहमद्दिन खान, जाविद र जानकी-५, बुढियागाउँका सफिक आलम पठान र एसानु खानलाई पक्राउ गरेको हो।
बाँके प्रहरीले माथिको आादेश भन्दै घटनालाई गोप्य राखेको छ । “मिडियाबाजी नगरौं, हामी दोषीलाई कानुन अनुसार कारबाही गर्छौं,” प्रहरी उच्च स्रोतले भन्यो।
कपिलवस्तुमा ४० गाइगाेरु उद्धार
कपिलवस्तुमा पनि गाै-तस्करहरुकाे मनाेबल उच्च बनेकाे छ । विगत केही दिनदेखि भारतबाट गाेरु तस्करी भई राति जिल्लाकाे विभिन्न स्थानमा गाेरु लाेड हुने गरेकाे सुचना पटक पटक प्राप्त भइरहेका छन । केही दिन पहिला गौवंश संरक्षण संस्थाद्वारा संचालित मिशन:गौ रक्षा अभियानकाे जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं १० भगवानपुरबाट रात्रिभरि २० जोडा गाेरु र २० गाई सहीत कुल ४० वटा गाइगाेरुको उद्धार गरेका थिए । जिल्लाका हिन्दुवादी संगठनहरुले राति एकठाउंमा बांधेर राखिएका गाइगाेरुका डाेरी काटेर धपाउने गरेका छन ।
गाैवंश संरक्षण संस्थाका राष्ट्रीय अध्यक्ष काशीनाथ पाठक (घनश्याम) सहित सैयाैं जना गौ-रक्षक हिन्दुहरूले पटक पटक गाइगाेरुहरुलाई तस्करकाे जालाेबाट मुक्त गराएका हुन ।
तस्करहरुले तराइका जिल्लामा खुला सिमानाकाे फाइदा उठाउदै दिन्हुं गाइगाेरु तस्करी गराइ बंगलादेशमा पठाउदै आएकाे गाै-रक्षा अभियन्ताहरु बताउँछन् ।