कृष्णनगरमा स्राेत नखुलेकाे भारतीय रुपैयाँ सहित ६ जना पक्राउ
कृष्णनगर, ५ कार्तिक ।
कपिलवस्तुकाे कृष्णनगरबाट स्राेत नखुलेको भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मुम्बईका ५ जना र गाेण्डाका १ जना रहेका छन् । जसमा ५ पुरुष र १ महिला रहेकाे बताइएको छ ।
प्रहरीले लिंक गेटमा चेकजाँच गर्ने क्रममा उनीहरुकाे साथबाट स्राेत नखुलेको भारतीय रकम सहित २ ओटा भारतीय नम्बर प्लेटकाे गाडीसमेत नियन्त्रणमा लिएकाे छ । यु.पी. ४२ डी.टी. ५७२१ नम्बरकाे गाडी र यु.पी. ४५ए ६६६३ नम्बरकाे गाडीबाट भारतीय रुपैया प्रहरीले बरामद गरि गणना भइरहेकाे जनाएकाे छ। रकम अन्दाजी २० लाख बढी भनिएपनि अहिलेसम्म वास्तविक के-कति छ ? कहांबाट आएकाे हाे ?कहाँ जाँदै थियाे अनुसन्धान भइरहेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
साे सम्बन्धमा प्रहरी नायब उपरीक्षक माेहनमणी अधिकारीले बरामद भएकाे रकमकाे विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
