१२ बैशाख २०८१, बुधबार

नेपाल बिश्व हिन्दु महासंघले अलग तरीकाले मनायाे आफ्नो चौथो स्थापना दिवस।


कमलेश चन्द्र गुप्ता

कपिलबस्तु

नेपाल बिश्व हिन्दु महासंघले आज आफ्नो चौथो स्थापना दिवस मनाएको छ। कपिलबस्तु कार्य समितिले आज साधुसन्तलाई कम्बल बितरण गरी अलग तरीकाले आफ्नो स्थापना दिवस मनाएको हो। जिल्लाको महाराजगंज नगरपालिका स्थीत पल्टामाई मन्दिरमा स्थापना दिवस को आयोजना गरी मनाएको हो। पल्टामाई मन्दिरमा हिन्दु धर्म को बिधि बिधान अनुसार पूजापाठ गरी नेपाल बिश्व हिन्दु महासंघ कपिलबस्तु कार्य समितिले स्थापना दिवस मनाएको छ। जिल्ला प्रबक्ता लोकराज मिश्र अनुसार “धर्मका लागि आफ्नो घर बार, मोह,माया र संन्यास जीवन बिताई रहेका साधुसन्तहरूलाई आज स्थापना दिवसका दिन कम्बल बितरण गरिएको हो”। चिसो मौसमलाई मद्देनजर गरी कम्बल बितरण गरिएको हो जिल्ला प्रबक्ता मिश्रले बताए।
कम्बल बितरण गर्नुको साथै आफ्नो कार्यकर्तालाई सम्मान पनि गरेको छ। दिनरात संगठनका लागि खटी रहेका कार्यकर्ताहरूलाई सम्मान गरेको जिल्ला प्रबक्ता मोतीलाल मिश्र जनाउनु भएको छ। कार्यकर्ता नै संगठन को ठुलो शक्ति हो र कार्यकर्ता नरहे संगठनले कुनै काम गर्न सक्दैन
प्रबक्ता मिश्रले बताए।
कपिलबस्तु कार्य समितिले आज सम्म गरेको कार्य सहरानीय र प्रसंसायोग रहेको कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल बिश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका महासचिव निरञ्जन यादवले बताउनु भएको छ। कार्य समिति कपिलबस्तुले दशै, बिजय दशमी र छठ पर्व का लागि गरेको कार्य र प्रयास उदाहरणीय रहेको उनले बताए।नेपाल विश्व हिन्दू महासंघले बिश्वभरीका हिन्दूहरूलाई एक साथ जोडन कार्य गरेको महासचिव यादवले बताउनु भयो। सम्पूर्ण हिन्दूहरू एकजुट भई हिन्दुत्वका साथ अगड़ी बढ़ने उनले बताए। साथै हाम्रो संस्कृति,संस्कार, चालचलन, रीतिरिवाजलाई सुरक्षा संरक्षणका लागि सबैलाई जगुरक गर्नु पर्ने बताए। बिहान र साझको समयमा सम्पूर्ण हिन्दूहरूले एकबद्धता जनाउनको लागि जय श्री राम को नारा को जयघोष लगाउन महासचिव यादवले आग्रह गर्नु भयो साथै लुम्बिनी प्रदेश को १२ वाटै जिल्लामा नेपाल बिश्व हिन्दु महासंघ को जिल्ला कार्य समिति र हर एक गाउमा इकाई समिति गठन गर्ने छू बताउनु भयो।

सो कार्यक्रममा प्रदेश कार्य समिति, जिल्ला कार्य समिति ,नगर समिति र गाउ समितिका पदाधिकारीहरू सहभगिता रहेको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट