२५ मंसिर २०८१, मंगलवार

शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेसी नेताहरुले भने “हामी एकजुट हुनैपर्छ”

कृष्ण पौडेल विजयनगर  – नेपाली कांग्रेस विजयनगर गाउँपालिका वडा नं. २ र ३ इकाई समितिको आयोजनामा खडैचामा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्यले पार्टीलाई सुदृढ र एकजुट बनाउन सबै सदस्यहरूले सामूहिक रूपमा क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले जनताको विश्वास जितेर आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न पनि सबैलाई आह्वान गर्नुभयो ।

 

कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य तथा युवा नेता अभिषेक प्रताप शाहले पार्टी संगठनलाई बलियो बनाउँदै कांग्रेसको नीति र योजनाहरूलाई गाउँस्तरमा पुर्याउन जोड दिनुभयो । उहाँले दशैँ, तिहार, र छठ पर्वले शान्ति, सुख, र समृद्धिको सन्देश दिने शुभकामना व्यक्त गर्नुभयो ।

 

 

 

लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले पार्टीलाई सुदृढ बनाउन एकता र सहकार्यको महत्त्व औंल्याउँदै कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउन सबैले योगदान दिनुपर्ने बताउनुभयो । उहाँले जनताको सेवामा निरन्तर समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

जिल्ला सचिव प्रेम बहादुर रायमाझीले संगठनलाई मजबुत बनाउँदै गाउँस्तरमा जनतासँग घनिष्ट सम्बन्ध बनाउने कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको सिद्धान्तलाई गाउँ–गाउँमा पुर्याएर पार्टीलाई सशक्त बनाउनुपर्ने बताउनुभयो ।

 

जिल्ला सचिव शक्ति सिंह ठकुरीले कांग्रेसको आदर्श र विचारलाई जनतामाझ पुर्याउन संगठनात्मक एकता आवश्यक रहेको र पार्टीले अझै धेरै उपलब्धि हासिल गर्न सक्ने धारणा राख्नुभयो ।

 

सहसचिव वजिह अरसदले कांग्रेसलाई सबै वर्ग र समुदायमा समावेशी बनाउँदै नेतृत्व विकासमा ध्यान दिनुपर्ने बताउँदै पार्टीको मूल सिद्धान्तलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताल शाहले पार्टीलाई जनताको सेवामा अझ प्रभावकारी बनाउनुपर्ने बताउँदै कांग्रेसको नीति र योजनाहरूलाई नगरपालिका स्तरमा सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

कांग्रेस नेता राजेश सिंहले पार्टीलाई बलियो बनाउन सघन संवाद र जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पार्टीको विचारधारा र सिद्धान्तलाई निष्ठापूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

 

नेता विक्रम सिंह थापाले पार्टीको संगठनलाई बलियो बनाउँदै सबै सदस्यहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने कुरा राख्नुभयो । उहाँले कांग्रेसको विजयका लागि निरन्तर संघर्ष र परिश्रमको आवश्यकता रहेको बताउनुभयो ।

 

क्षेत्रीय सभापति गोविन्द्र केसीले पार्टीलाई स्थानीय स्तरमा अझ सशक्त बनाउने आवश्यकता औंल्याउनुभयो । उहाँले पार्टीका सिद्धान्तलाई कार्यान्वयन गर्न सक्रियता र समर्पणको महत्त्वमा जोड दिनुभयो ।

 

अब्दुल मन्नन खानले पार्टीलाई गाउँस्तरमा विस्तार गर्दै कांग्रेसको जनाधारलाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाउन सबै सदस्यहरूको साथ आवश्यक रहेको बताउनुभयो ।

 

कांग्रेस नेता हरि पोखरेलले पार्टीको सिद्धान्तलाई गाउँ-गाउँमा पुर्याउन स्थानीय इकाईहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वलाई सुदृढ बनाउन सबैको एकता आवश्यक रहेको बताउनुभयो ।

 

युवानेता प्रमेश्वर पठाकले युवा नेताहरूले पार्टीलाई सशक्त बनाउँदै आगामी चुनौतीहरूलाई सामना गर्न तयार रहनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले मुलुकको विकासमा नेतृत्व गर्ने क्षमतामा विश्वास व्यक्त गर्नुभयो ।

 

युवानेता निसा चौधरीले महिला नेतृत्वलाई अगाडि बढाउँदै पार्टीलाई जनसमर्थन प्राप्त गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले युवा तथा महिलाहरूको सहभागिताले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 

युवानेता अमर पौडेलले पार्टी संगठनलाई सशक्त बनाउँदै युवा शक्तिलाई कांग्रेसको अभियानमा समाहित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कांग्रेसलाई समाजका सबै वर्ग र समुदायसम्म पुर्याउनुपर्ने बताउनुभयो ।

 

इकाई सभापति अजय मिश्रले स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउन सबैले एकताबद्ध भएर क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित गर्न संगठनात्मक एकताको महत्त्व औंल्याउनुभयो ।

 

इकाई सभापति मथुरा प्रसाद यादवले पार्टीको संगठनलाई मजबुत बनाउन सबै सदस्यहरूको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कांग्रेसलाई जनताको विश्वास जित्न संगठनात्मक सक्रियताको आवश्यकता रहेको बताउनुभयो ।

 

नेताहरूले आगामी पर्वहरूले आपसी सद्भाव, मेलमिलाप र शान्तिको वातावरण बनाउने विश्वास व्यक्त गर्दै नेपाली कांग्रेसको सिद्धान्तलाई जनताको बीचमापुर्याउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट