भारत हरियाणा केन्द्रविन्दु भएर भूकम्पको धक्का
२ मंसिर, काठमाडौं । भारत हरियाणालाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दुभएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको झड्का पछि हरियणका मानिस सडकमा आएका थिए । भूकम्पको झड्का दिल्ली तथा आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।
Facebook Comments Box