‘नेपालको अर्थतन्त्र रेमिट्यान्सले मात्र धानेको छ भन्नु गलत’

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको अर्थतन्त्र रेमिट्यान्सले मात्र धानेको छ’ भन्ने भनाइ सही नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपालका युवा विदेशमुखी छन् र रोजगारीका लागि उनीहरूलाई बाहिरिनु​नै पर्छ भन्ने भनाइ पनि तथ्यपूर्ण नभएको बताए।

उनले विदेश जाने मात्र नभई स्वदेश फर्किने युवाको संख्या पनि हेर्नुपर्ने तर्क गरे। उनले स्वदेशमा युवाको रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’जस्ता कार्यक्रम अघि सारेको दाबी गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यहाँका विद्यार्थीले आफूसँग राखेका प्रश्नको जवाफ दिएका थिए। यसक्रममा उनले दुवै छिमेकीसँग सहकार्य र सन्तुलित सम्बन्धका माध्यमबाट नेपालको आर्थिक विकास हुने विश्वास व्यक्त गरे।

Facebook Comments Box