अर्घाखाँचीमा संयुक्त्र घुम्ती कार्यक्रम हुदै

सेयर गर्नुहोस

अर्घाखाँची,मंसिर २,
अर्घाखाँची जिल्लाको सिमलपानी गाविसको करेचुलीमा यहि मंसिर ३ गते र जलुके गाविसको लाहापेमा मंसिर ४ गते दिनको ठिक ११ बजे हुन गईरहेको सूचनाको अधिकार (RTI) र प्रहरी मेरो साथी कार्यक्रमको आवस्यकीय तयारी पुरा भएको छ ।
कार्यक्रममा बिशेष नापी कार्यालयका प्रमुख नापी अधिकृत्त मोहम्मद साबिर हुसैनज्यूको प्रमुख आथित्यता रहने बताइएकोछ ।

कार्यक्रम सफलताका लागि प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलज्यूले आवस्यकिय चाँजो पाँजो मिलाई बिशेष कामका कारण जिल्ला बाहिर जानु भएको भएपनि कार्यक्रम सफलताका लागि शुभकामना दिएको सिआइजीका अध्यक्ष मुक्ती नाथ भुसालले बताउनु भयो ।

एउटै कार्यक्रम मार्फत सूचना, प्रहरी र आफनो जमिन जग्गा सम्वन्धमा जानकारी लिन सकिने माथि उल्लेखित कार्यक्रमहरुमा स्वतफुर्त सक्रिय सहभागी भई दिनु हुन पायक पर्ने सम्पूर्ण नागरिकहरुलाई समेत अनुरोध गरिएको छ ।

Facebook Comments Box