अवैधरुमा भित्रिएकाे छ क्वीन्टल भारतीय किवी बरामद

सेयर गर्नुहोस

कृष्णनगर , असाेज ९ । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैधरुपमा नेपाल भित्रिएका अन्दाजी छ क्वीन्टल किवी बरामद गरेकाे छ ।
कृष्णनगर नगरपालिका वडा ०२ काे गल्लामण्डीमा भारतबाट भन्सार छली गरी वेवारिसे अवस्थामा छाडेका २५ बोरा किवी बरामद गरेकाे प्रहरी निरिक्षक सुरज खत्रीले बताउनुभएको छ।
अबैध रुपमा नेपाल तर्फ चोरी निकासी पैठारी गरी ल्याईएकाे भारतीय किवी लगभग. ६२५ केजी थियाे भने प्रति के.जि. अन्दाजी रु.५०० का दरले जम्मा अन्दाजी मुल्य तिन लाख बाह्र हजार पाँच सय बराबरको किवि बरामद गरी थप आबश्यक कारवाहीको लागी भन्सार कार्यालय कृष्णनगर पठाईएको जानकारी दिनुभएकाे छ ।
|

Facebook Comments Box