प्रचण्डलाई बाबुरामको चेतावनी- सत्तालिप्साको ‘बिरालोले म्याउँ’ गर्दैछ, जनताको रगतसँग साटिएको उपलब्धि खोसिँदैन

सेयर गर्नुहोस

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रविन्द्र मिश्रबीच भएको भेटमा टिप्पणी गर्दै ‘बिरालो म्यॉउ’ गरेको संज्ञा दिएका छन्।

भट्टराईले प्रचण्ड र मिश्रको भेट बारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू नखोसिने बताएका छन्।

बाबुरामले भनेका छन्- वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ। अहिले ‘बिरालो म्यॉउ’ गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।

यसको अर्थ- गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!

Facebook Comments Box