श्रीलंकाली राष्ट्रपतिले बनाए तीन सदस्यीय मन्त्रिपरिषद्

सेयर गर्नुहोस

आर्थिक स‌कटको समना गरिरहेको श्रील‌काका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले म‌गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्।

उनको कार्यालयले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री नियुक्त गरेको छ ।

उनी र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन्। संसद विघटन भएपछि उनीहरूले कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन्।

‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ’, पार्टीका सदस्य नमल करुणारत्नेले सञ्चारकर्मीलाई भने, ‘त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ।’

पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले हालै राष्ट्रपति चुनावमा जीत हासिल गरेका थिए।

श्रीलङ्काको २२५ सदस्यीय संसदमा हाल उनको पार्टीको तर्फबाट तीनजना सांसद छन्।

तर सन् २०२२ को आर्थिक मन्दीले लाखौं साधारण श्रीलंंकालीलाई प्रभावित पारेको र आईएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उनीप्रतिको समर्थन बढेको थियो।

Facebook Comments Box