भारतीय नम्बरकाे बस पल्टिँदा २३ जना घाइते, ७ जनाको अवस्था गम्भिर

नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय तिर्थ यात्री बोकेको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस गएराती करिव २ बजे तिर दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
बसमा ५० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते ७ जनाको उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको छ ।
Facebook Comments Box