कपिलवस्तु , असाेज ६ । जिल्लाकाे कृष्णनगरमा एक जना लागू ओैषधसहित पक्राउ परेका छन ।
आज दिउसाे ३ बजेको समयमा कृष्णनगर प्रहरी टाेलिले विशेष जांचका क्रममा वडा २ मा रहेकाे चेकपोष्ट नजिक शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला कपिलवस्तु शिवराज न.पा. वडा नं.०३ बस्ने बर्ष २८ को कृष्ण कुर्मीलाई लागू ओैषधका साथ पक्राउ गरेकाे छ ।
कृष्णनगर प्रहरीले लागू ओैषध विरुद्धकाे अभियानलाई सक्रियताका अगाडि बढाएसंगै धमाधम क्यारियर र सेवन गर्न पक्राउ पर्न थालेका छन । पक्राउ परेका चाैधरीकाे साथमा ३ पत्ता (४५ ट्याबलेट) लागु औषध Nitrazepam NITRAVET-10 , १ पत्ता (१० क्यापसुल) Tramadol Hydrochloride Capsules I.P. 50 mg र POCO कम्पनीको मोबाईल थान १ (एक) बरामद गरिएकाे इप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनु भएकाे हाे । अभयुक्त चाैधरीलाई लागू ओैषध सम्बन्धि मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भईरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
3