ताैलेश्वरनाथ शिवजी मन्दिरकाे नयाँ संचालक समिति चयन

सेयर गर्नुहोस

अरुण श्रीवास्तव
ताैलिहवा, असाेज ५ । कपिलवस्तु जिल्लाकाे प्रचीन ताेलेश्वरनाथ शिवजी मन्दिरकाे नयाँ संचालक समिति आज चयन भएकाे छ ।
सदरमुकाम ताैलिहवामा रहेकाे प्रचीन तौलेश्वरनाथ शिवजी मंदिर संचालक समिति निर्वाचन प्रणालीबाट चयन भएकाे छ ।
मन्दिरकाे व्यवस्थापन एवं संचालनका लागि साधारण सभा पश्चात निर्वाचन कार्यक्रम ताेकिएकाे थियाे ।
नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष पदमा राम कुमार गुप्ता २४६ मत, उपाध्यक्षमा शिव नारायण कान्दु १९३ मत सचिवमा
हरिश्चन्द्र लाल श्रीवास्तव २०३ मत ,सह-सचिवमा राम हरिहर प्रसाद गुप्ता २२९ मत ल्याई निर्वाचित भएका हुन । त्यसैगरि
सदस्यहरुमा उषा देवी ,सुरेश कौशल,अजय कसौधन,बृजेश महरा ,प्रतिभा शर्मा, दुर्गा प्रसाद चौधरी ,कविता शर्मा, पुजारी कुर्मी,अजय वासुदेव वर्मा ,रविशंकर ,मतीराम पाण्डेय चयन भएका निर्वाचन समितिले जनाएको छ ।
नया संचालक समितिमा अधिकांश पुरानै अनुहार देखिएका छन । अघिल्लो समितिले गरेकाे कार्य सन्ताेषजनक रहेकाले नै पुरानै अनुहार निर्वाचित भएर आएकाे साधारण सदस्यहरुकाे भनाई थियाे ।

Facebook Comments Box