निर्धन उत्थान बैक कर्मचारीद्वारा भोलि कालोपट्टी बाधेर आन्दोलनमा उत्रन
मङ्सिर १
निर्धन उत्थान बैक लिमिटेड आबद्ध अखिल नेपाल संघ सस्था तथा बैक बितिय श्रमिक सगठन ले पुर्ब सार्बजनिक गरेको बिरोध कार्यक्रम अन्तर्गत भोलि देखि चरण बद्द आन्दोलन सुरु गर्ने भएको छ।।
ब्यबस्थापन र कर्मचारी युनियन बिच यहि कात्तिक ३० गते र मङ्सिर १ गते बसेको दुई पक्षिय बार्ता मा कर्मचारी को आर्थिक पक्षको माग सम्बोधन हुन नसकेपछि युनियन ले सार्बजनिक गरेको पुर्व बिरोध कार्यक्रम अन्तगत भोलि सम्पुर्ण निर्धन उत्थान बैक केन्द्रिय ,क्षेत्रीय र शाखा कार्यालय मा कालोपट्टी बाधेर काम गरि बिरोध जनाउन केन्द्रिय अध्यक्ष ओम प्रकाश कोइराला ले अपिल गरेका छ्न ।
कर्मचारी युनियन र ब्यबस्थापन पक्ष बिच बार्ता भने जारी रहेको उनले बताए ।अझै पनि कर्मचारी का माग सम्बोधन गर्ने समय रहेको ले त्यस तर्फ ब्यबस्थापन पक्ष लागि नपरे सस्था ले ठूलो क्षेती भोग्नु पर्ने एक केन्द्रिय सदस्यले बताए। बिरोध का कार्यक्रम हरु। २ गते हात मा कालोपट्टी बाधेर काम गर्ने। मङ्सिर ३ गते समस्या समाधान नहुदा सम्म कुनै गोष्ठी ,सेमिनार ,अडिट हुन नदिने।
मङ्सिर ५ गते क्षेत्रीय प्रमुख धेराउ,६गते बिभागिय प्रमुख धेराउ,७ गते सहायक महा प्रबन्धक धेराउ,८ गते नायब महा प्रबन्धक धेराउ,९ गते प्रमुख कार्यकारी अधिकृत धेराउ,१० गते बैक को सबै कार्यालय मा कालो झन्डा प्रदशन गर्दै माग ब्यानर बनाइ माग पूरा नहुदा सम्म टास गर्ने। मङ्सिर १२ गते बैक को साधारण सभा सन्चालन हुने स्थान मा मागसहित कालो झन्डा प्रदशन गर्ने।१३ गते क्षेत्रीय कार्यालय र केन्द्रिय कार्यालय अनिश्चित काल का लागि बन्द।१४ देखि १७ गते सम्म शाखा कार्यालय मा लगानी र दिवा फिल्ड बन्द गर्ने र १७ गते सम्म पनि माग पूरा नभए कर्मचारी युनियन अझ सशक्त रुप मा आन्दोलन मा जाने र यस आन्दोलन मा कुनै घटना घटे को खण्ड मा सो को जिम्मेवारि समेत बैक ब्यबस्थापन ले लिनु पर्ने बिरोध पत्र मा उल्लेख गरिएको छ।।