संघीय संसद्‍मा एक वर्षमा १२ हजार ९३३ जार पानी खपत, ३१ लाख ५३ हजार रुपैयाँ खर्च

सेयर गर्नुहोस

काठमाडौँ । संघीय संसद्मा एक वर्षमा १२ हजार ९३३ जार खानेपानी खपत भएको छ । २०८० साउनदेखि २०८१ असार मसान्तसम्म ३१ लाख ५३ हजार २८२ रुपैयाँको खानेपानी संसद्मा खपत भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार सो १ वर्षको अवधिमा संघीय संसद् भवन र सचिवालयमा समेत गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २७ लाख ६३ हजार ९४४ रुपैयाँ भुक्तानी भएको छ । यस्तै तारागाउँ विकास समितिलाई ३ लाख ८९ हजार ३३८ रुपैयाँ गरी ३१ लाख ५३ हजार २८२ रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ ।

यस्तै २०८० साउन महिनादेखि २०८१ असार मसान्तसम्म संसद् सचिवालयमा पत्रपत्रिका तथा सञ्चारका लागि ५ लाख ३४ हजार ५६१ रुपैयाँ खर्च भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सांसदको उपचारमा साढे ४१ लाखभन्दा बढी खर्च

संघीय सांसदहरूले २०७९ पुसदेखि २०८१ असारसम्म साढे ४१ लाख रुपैयाँको उपचार खर्च गरेका छन् । सरकारी अस्पतालमा गरेको उपचारको बिल संघीय संसद् सचिवालयमा बुझाएर सो बापतको भुक्तानी लिने व्यवस्था छ ।

संसद् सचिवालयका अनुसार सांसदको उपचारका लागि ४१ लाख ६५ हजार ७७९ रुपैयाँ खर्च भएको छ । संघीय संसद् सचिवालयमा पनि सांसदहरूको उपचारका लागि चिकित्सक सहितको छुट्टै स्वास्थ्य इकाई राखिएको छ । स्वास्थ्य इकाईका लागि हरेक वर्ष औषधि खरिद गर्न संघीय संसद् सचिवालयले २० लाख रुपैयाँको बजेट छुट्ट्याउने गरेको छ ।

Facebook Comments Box