सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटाका बरामद
कृष्ण गिरि
पश्चिम नवलपरासी ।
भारतबाट ल्याउदै गरेकाे प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाका सशस्त्र प्रहरी बलले बरामद गरी नष्ट गरेको छ ।
नवलपरासी खुला सीमा नाकाहरूबाट तिहार तथा छठ पर्वलाई लक्षित गरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थित धान खेतको बाटो भएर टाउकोमा राखी भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ३ लाख मुल्य बराबरको विस्फोटक पदार्थ पटाका सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा खटिएकाे गाडी मोबाइल टोलीले विस्फोटक पदार्थ पटाका नियन्त्रणमा लिन सफल भएको हो ।
सशस्त्र प्रहरीकाे गस्ती टाेलीलाई देखेर पटाका ल्याउदै गरेका व्यक्तिहरु बेवारिसे अवस्थामा छाडी भागेका नायब उपरीक्षक अधिकारीले बताउनुभएकाे छ ।
नियन्त्रणमा लिएको पटाकालाई नेपाल प्रहरी,भन्सार कार्यालय , जनप्रतिनिधि , पत्रकार र स्थानीयहरूको रोहवरमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरको परिसरमा खाडलमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।
तिहार नजिकदै गएकाले खुला सिमानाका हुँदै व्यापकमात्रमा पटकाहरु भित्रिने गरेपछि सशस्त्र प्रहरी बलले सक्रियता बढाएकाे छ ।


